हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा २ नन्दनगर स्थित बाणगंगा खानेपानी तथा सरसफाई संस्थाले आर्थिक बर्ष २०८१÷८२ सुरु भएसंगै ग्राहकहरुका लागि नयाँ अफर ल्याएको छ । २०८१ साल श्रावण १ गतेबाट आर्थिक बर्ष २०८१÷८२ को पानी महसुलको रिडिङ शुरु भएको र रिडिङ भएको दिन देखि ५ दिन भित्र महसुल बुझाएमा ५ प्रतिशत छुटको व्यबस्था गरिएको संस्थाले जनाएको छ ।
त्यसकारण समयमा महसुल रकम बुझाएर छुट रकम लिनुहुन संस्थाका अध्यक्ष विश्व कार्कीले अनुरोध गर्नुभएको छ ।
कपिलवस्तु जिल्लामै सुविधा सम्पन्न बन्दै गरेको बाणगंगा खानेपानी तथा सरसफाई संस्था नयाँ योजना अनुसार निर्माणाधिन अवस्थामा रहेको छ ।