
लुदस, कपिलवस्तु
पछिल्लो समय देशभर रगतको अभाव देखिएकोले लायन्स क्लव अफ कपिलवस्तुले आकस्मिक रुपमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । लायन्स क्लव अफ कपिलवस्तुले वाणगंगा रेडक्रस उपशाखामा आयोजना गरेको कार्यक्रमबाट ४४ प्वाईन्ट रगत संकलन भएको छ ।
रगत अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने हुतेले रक्तदान कार्यक्रम आयोजना गरेको लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष नवदत्त घिमिरेले बताउनु भएको छ ।
लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ पिका डिस्ट्रिक एडभाइज तथा लायन्स क्लव अफ कपिलवस्तुका संस्थापक अध्यक्ष कृष्ण के.सीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा रेडक्रस सोसाइटी वाणगंगा उपशाखाका अध्यक्ष शंकर प्रसाद पाण्डेको विशिष्ट आतिथ्यता रहेको थियो ।
आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि के.सीले लायन्सले गरेको रक्तदान कार्यक्रम महान रहेको र यसले सधै सामाजिक कार्यले हात हाल्दै आएको र रगत अभाव नहोस् भन्ने उदेश्यले अहिले रक्तदान कार्यक्रम आयोजना गरिएको लायन्स प्रति गर्व गर्ने वातावरण बनेको भन्दै कार्यक्रमको प्रशंसा समेत गर्नुभएको थियो ।
आयोजित कार्यक्रममा लायन्स क्लव अफ कपिलवस्तु दिदिबहिनी तथा लियो क्लव अफ कपिलवस्तुले समेत सहकार्य गरेको कार्यक्रममा वाणगंगा रेडक्रस उप शाखाको प्रविधिक सहयोग रहेको थियो ।
यस्तै कार्यक्रममा बोल्दै रेडक्रस उपाशाखा पाण्डेले क्लवको कार्यक्रमको प्रशंसा गर्दै लायन्स कपिलवस्तुको सिफारिसमा गरिव तथ असहायहरुका लागि रेडक्रसले सञ्चालन गरेको एम्बुलेन्स नि.शुल्क सेवा प्रदान गर्ने बताउनु भएको थियो ।
आयोजित कार्यक्रममा लायन्स क्लव अफ कपिलवस्तुका पुर्व अध्यक्षहरु सुरेन्द्र घिमिरे, रामशुभागे थारु, ओम प्रकाश घिमिरे तथा लायन्स दिदिबहिनी वर्ष २४–२५ कि अध्यक्ष भगवती रेग्मी भुसाल, लियो कपिलवस्तु वर्ष २४–२५ का अध्यक्ष प्रविण गौतम तथा लायन्स कपिलवस्तु, कपिलवस्तु दिदिबहिनी र लियोका सदस्यहरुको उपस्थिती रहेको थियो ।
आयोजित कार्यक्रम लायन्स कपिलवस्तु वर्ष २०२४÷२५ का अध्यक्ष नवदत्त घिमिरेको अध्यक्षता, उपाध्यक्ष सागर घिमिरेको संयोजकत्व रहेको कार्यक्रम सचिव दामोदर पन्थीको सञ्चालनमा सम्पन्न भएको थियो ।

