पोषण मार्फत जीवन रुपान्तरण परियोजना अन्तर्गत सरोकारवालासंग छलफल

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिकामा पोषण मार्फत जीवन रुपान्तरण परियोजना अन्तर्गत बहुक्षेत्रीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति तथा सरोकारवालाको बैठक तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । कालिका स्वालम्बन सामाजिक केन्द्रको आयोजना तथा हेलेन केलर ईन्टरनेश्नलको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा हेलेन केलर ईन्टरनेश्नल लुम्बिनी प्रदेश कोर्डिनेटर भरत शर्माले सहजिकरण गर्दै पोषणमैत्री स्थानीय तह घोषणाका सुचक, स्वास्थ्य पोषणमा लगानी गर्नुपर्ने आवश्यकता तथा महत्वको बारेमा जानकारी गराउनुभएको थियो ।

उहाँले स्वास्थ्य तथा पोषणमा सुधार ल्याउनका लागि सरोकारवालाहरुको भुमिकाको बारेमा समेत स्पष्ट पार्नुभएको थियो । त्यस्तै सोहि परियोजनाका प्रोग्राम कोर्डिनेटर कमला शुक्लाले कालिका स्वालम्बन सामाजिक केन्द्रको परिचय, ईतिहास, संस्थाले गर्ने क्रियाकलाप, आगामी कार्ययोजना, कार्यक्षेत्रको बारेमा स्पष्ट पार्नुभएको थियो ।

कार्यक्रममा बाणगंगा नगरपालिकाका उप प्रमुख रीता कुमारी चौधरीले कालिका स्वालम्बन सामाजिक केन्द्र र बाणगंगा नगरपालिकाको समन्वयमा कार्यक्रम गर्न पाउँदा खुसी लागको बताउँदै स्वास्थ्य र पोषणमा सुधार ल्याउनका लागि आगामी दिनमा पनि समन्वय गर्ने बताउनुभयो ।

कार्यक्रममा बाणगंगा नगरपालिकाका वडाध्यक्षहरु, स्वास्थ्य शाखा, प्रशासन शाखा, पशु सेवा शाखा लगायत स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो भने कार्यक्रमको सहजिकरण स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले गर्नुभएको थियो ।


प्रकाशित : २०८१ भाद्र १२, बुधबार १९:०८