कोशी, मधेस, बाग्मती र गण्डकीका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस, काठमाण्डौ
आज देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्न सक्ने पूर्वानुमान छ । कोशीको तराई क्षेत्रका थोरै ठाउँमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा गएरातिदेखि रोकिएको छ । मौसमविद्का अनुसार सुदूरपश्चिममा आजदेखि मौसममा सुधार हुने सम्भावना छ ।


प्रकाशित : २०८१ भाद्र २९, शनिबार ०८:५५