दिगो शान्ति स्थापना गर्ने उद्देश्यले कपिलबस्तुमा संवाद समूह गठन

[sharethis-inline-buttons]

महेन्द्र खनाल, तौलिहवा
कपिलवस्तुको तौलिहवामा जिल्लामा दिगो शान्ति स्थापना गर्ने प्रयोजनका लागि संवाद समुह गठन गरिएको छ । उक्त संवाद समूहमा ११ जना सदस्यहरु रहेकाछन भने ६ जना सल्लाहकारहरु रहेका छन । ११ जना सदस्यहरु जुबेर अहमद खान, पुष्पा रेग्मि, रामलखन जयसवाल, रिना नेपाल, राजु प्रसाद अर्याल, पशुपतिमणि त्रिपाठि, मिना परियार, राधेश्याम शुक्ला, रुकैया खातुन, फजल महमुद खान र सदाबृक्ष प्रसाद बरई छन् भने सल्लाहकारहरु रविन्द्रनाथ ठाकुर, कनिज फातिमा रङरेज, तुल्सिराम यादव, मौलाना मशहुद खान, पोम नारायण पौडेल र तारावति चौधरी रहेका छन् ।

नेपाल पुनर्स्थापकिय न्याय मञ्च काठमाण्डौको सहयोगमा जिल्लाको धार्मिक, साँस्कृतिक विविधतालाई जगेर्ना गर्दै सामाजिक मेलमिलाप र धार्मिक सहिष्णुता कायम राख्न सरोकारवालाहरु सँग यस संवाद समूहले अन्तरसाँस्कृतिक संवादका श्रृङ्खलाहरु संचालन गर्ने कार्यक्रम संयोजक महेन्द्र प्रसाद खनालले बताए । पहिलो चरणको अभिमुखिकरण र अभ्यास गरि सकेको यस समूहले आगामि संवाद कृष्णनगरमा सञ्चालन गर्ने तयारी गरेको छ ।


प्रकाशित : २०८१ आश्विन १२, शनिबार १९:०७