चितवनमा बस र इलेक्ट्रिक हायस आपसमा ठोक्किँदा ४ जनाको मृत्यु

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस, काठमाडौँ
चितवनको भरतपुर महनगरपालिका २९ सत्रकिलोमा बस र इलेक्ट्रिक हायस आपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ ।

मुग्लिङबाट नारायणगढ तर्फ आउँदै गरेको बा।प्र। ०६–००१ ज। ०२९८ नम्बरको इलेक्ट्रिक हायस र नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको बा। प्र। ०३–००१ ख। २८१२ नम्बरको बस एक आपसमा ठक्कर खादा चार जनाको मृत्यु भएको चितवन प्रहरी प्रवक्ता डीएसपी भेसराज रिजालले जानकारी दिए ।

हायसमा सवार गोर्खा आरुघाट– १ मान्बु बस्ने वर्ष ४० का राज बहादुर गुरुङ, नामथर वतन नखुलेकी अन्दाजी ४० वर्षकी एक महिला, अन्दाजी ३०–३५ वर्षका दुई पुरुषको मृत्यु भएको हो ।

सो दुर्घटनामा अन्य चार जना घाइते भएकोमा दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।


प्रकाशित : २०८१ कार्तिक २३, शुक्रबार ०६:२६