छठ पर्वको अन्तिम दिन आज, उदाउँदो सूर्यलाई अर्घ्य दिइँदै

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस, काठमाण्डौ
छठ पर्व अन्तर्गत हिजो अस्ताउँदो सूर्यको पूजा आरधना गरी अर्घ्य दिएका बर्तालुहरुले अहिले उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत समापन गर्दैछन् ।

हिजो अस्ताउँदो सूर्यको पूजा गरेका बर्तालुहरु नदी तथा तलाउ किनारमा बनाइएका छठस्थलमै नाचगानसहित जाग्राम बसेर केहीबेरमा उदाउँदो सूर्यलाई अर्घ्य दिन लागेका हुन् ।

व्रत नबसेकाहरुले पनि उदाउँदो सूर्यको पूजा गर्ने चलन छ । छठस्थलहरुमा रातिदेखि नै चहलपहल र रौनक छ । सूर्यको आरधना गरेर मनाइने यो पर्व लक्ष्मीपूजाको चार दिनपछि अर्थात् कात्तिक शुक्ल पक्षको चौथीदेखि विधिवत् रूपमा शुरू हुन्छ ।

छठ पारिवारीक कल्याण, सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वका रुपमा मनाउने गरिन्छ ।

सूर्य र जलको शक्ति तथा महत्त्व झल्काउने यो पर्वमा सफा र चोखो हुनुपर्ने तथा शुद्ध खाने कुरा खानुपर्ने मान्यता छ ।

पहिला तराईरमधेसका क्षेत्रमा सीमित छठ पर्व अहिले काठमाण्डौसहित पहाडी क्षेत्रमा पनि मनाउने गरिएको छ ।


प्रकाशित : २०८१ कार्तिक २३, शुक्रबार ०६:३०