![](https://lumbinidarpanonline.com/wp-content/uploads/2024/11/ban.jpg)
लुदस, जीतपुर
कपिलवस्तुको बाणगङ्गा नगरपालिका वडा न. ८ मोर्मी रहेको त्रिशक्ति सामुदायिक वनमा राजनैतिक भागवण्डा नमिल्दा म्याद गुर्जिएको झण्डै १ वर्ष हुन थाल्दा समेत नयाँ नेतृत्व चयन हुन सकेको छैन् ।
गत माघ ६ गते सम्पन्न सभाले एक महिना भित्र निर्वाचन गराउने म्यान्डेड दिएर निर्वाचन मण्डल गठन गरेको थियो । कानुन व्यवसायी रविराज आचार्य मुख्य निर्वाचन अधिकृत र सदस्यमा दुर्गा आचार्य र दिनेश आचार्य रहने गरि जिम्मेवारी दिइएको थियो । समुहको विधान अनुसार निर्वाचन समितिले १ महिना भित्र निर्वाचन गराउने नियम रहेपछी आपसी समझदारी र मुख्य राजनैतिक दल एमाले कांग्रेस र माओवादी विच नेतृत्वदायी पदमा सहमती नमिलेपछी हाल सम्म पनी नयाँ समिति चयन हुन् नसकेको हो । एक महिना भित्र चुनाव गराउन नसकेपछी निर्वाचन समितिका दुई जना सदस्यले राजिनामा दिएका थिए । जसले कानुनी जटिलता थपिएको थियो । पुःन विशेष साधारण बोलाई निर्वाचन प्रकृया सुरु गर्नु पर्ने भए पनि समितिको व्यवास्था पछि हालसम्म पनी कुनै टुङ्गो लागेको छैन्
वनमा १३ सय ५७ उपभोक्ता रहेका छन् । यसरी केही व्यक्तिको सिमित स्वार्थका लागि वनलाई समिति विहिन बनाएर अनिणर्ायकको बन्दी बनाएको र समाजमा अराजकता मच्याएको भन्दै तत्काल सहमती सहकार्य वा लोकतान्तिक विधि पद्धती अनुसार नयाँ समिति गठन गर्न माग गर्दै वडा नं ८ वासी रिखिराम भट्राईले नेतृत्व गरेको स्वतन्त्र समुहले वनको कार्यालयमा तालावन्दी समेत गरेको छ ।