हरि आचार्य, कपिलवस्तु
सामाजिक तथा मानवीय क्षेत्रमा क्रियाशिल बाणगंगा २ पिपरा कपिलवस्तु स्थित क्लव वडा स्तरिय युवा क्लव फेरी अर्को उदाहरणिय कार्य गरेको छ । विगत देखिनै क्रियाशिल उक्त क्लवले विभिन्न सामाजिक तथा मानवीय कार्य गर्दै आईरहेको छ भने वडाका अन्य संघ संस्थाले आयोजना गरेका कार्यक्रमहरुमा उल्लेख्नीय सहयोग समेत गर्दै आईरहेको छ ।
यसै क्रममा बाणगंगा नगरपालिका वडा नं. २ नन्दनगरमा हुन गैरहेको श्री वराहपुराण पाठपारायण तथा श्रीमद्भागवत धनधान्याञ्चल ३० औ ज्ञान महायज्ञ २०८१ को पुर्व सन्ध्यामा गुरुकुलमा नेपालको राष्ट्रिय झण्डा अनावरण गरि उदाहरणि कार्य गरेको छ । धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलमा आवश्यक देखेर उक्त राष्ट्रिय झण्डा अनावरण गरिएको वडा स्तरिय युवा क्लवले जनाएको छ ।
साथै यहि मंसिर ८ गते देखि १६ गते सम्म हुन गईरहेको महायज्ञमा क्लवले निरन्तर आवश्यक सहयोग र समन्य गर्ने समेत वडा स्तरिय युवा क्लवका अध्यक्ष बिमल घिमिरेले लुम्बिनी दर्पणलाई जानकारी दिनुभयो ।
कार्यक्रममा बाणगंगा नगरपालिका वडा नं. २ का वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता बिष्णु प्रसाद पौडेलले क्लवले निकै सक्रियताका साथ सामाजिक कार्य गरिरहेको बताउँदै वडाको तर्फबाट पुर्ण रुपमा साथ रहेको बताउनुभयो ।
उक्त कार्यक्रममा गुरुकुल समाज तथा वडा स्तरिय युवा क्लव अध्यक्ष सहित संस्थापक अध्यक्ष बिबेक बिसी, सदस्यहरु सुशान्त कार्की, प्रदिप कार्की, अरुण थापा क्षेत्री, कपिल घिमिरे, नारायण थापा, कौशल न्यौपाने, श्रीराम बस्याल, रेशम कार्की लगायत उल्लेखनीय को उपस्थिती रहेको थियो ।