
लुदस, कपिलवस्तु
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाको कार्यपालिका बैठक सम्पन्न भएको छ । नगरपालिकाको सचाहलमा भएको बैठकले बिभिन्न महत्वपुर्ण निर्णय गर्दै सम्पन्न भएको हो । बैठकले २५ गते हुने नगरपालिकाको १६ औँ नगरसभाको कार्यतालिका पारित गरेको नगरपालिकाका प्रवक्ता बिष्णु पौडेलले जानकारी दिए ।
साथै नगर सभामा पेश भएको पञ्चवर्षिय शिक्षा बिकास योजनालाई पारित गर्न नगरसभामा पेश गर्ने समेत निर्णय भएको प्रवक्ता पौडेलले जानकारी दिए ।
साथै ५० प्रतिशत जनसहभागिता हुने गरी ३ करोड ५ लाख र ३० प्रतिशत जनसहभागिता हुने गरी १ करोड ३५ लाख बजेट पुर्वाधार बिकासका लागी थप गर्ने निर्णय भएको पौडेलले जानकारी दिए ।
यसरी पचास पचासका योजना र सत्तरी तीस गरी कुल ४ करोड ४० लाख बजेट पुर्वाधार बिकासका लागी बिनियोजन गरीएको उनको भनाई छ ।
बैठकमा नगरपालिकाका प्रमुख चक्रपाणी अर्यालले नगरको बिकासमा सबैले हातेमालो गर्न आवश्यक रहेको बताउदै बिकासमा जनसहभागिता बढोस भन्ने उदेश्यले ४ करोड बढि रकम नगरबाट पुर्वाधारका लागी बिनियोजन गरीएको बताए ।
बैठकमा नगर उप प्रमुख रिता कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनि लगायतले भावी योजना तथा रणनिति बारे आफनो भनाई राखेका थिए । बैठकमा वडाअध्यक्षहरु, कार्यपालिका सदस्य तथा शाखा प्रमुखको उपस्थिती रहेको थियो ।

