बाणगंगाकाे ग्यालेक्सी युवा क्लबद्वारा ‘एक घर, एक पसल, एक व्यक्ति’ सरसफाई अभियान शुभारम्भ

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस, कपिलवस्तु
कपिलवस्तुको बाणगंगामा स्थापना भएको ग्यालेक्सी युवा क्लबले ‘एक घर, एक पसल, एक व्यक्ति’ सरसफाई अभियान संचलन गरेको छ ।

समाजमा बढ्दै गएको विकृति र विसंगतिविरुद्ध लड्न तथा समाजमा रहेका दुखि गरिबको सेवा गर्दै प्राकृतिक विपदको सहयोगी हात बन्न स्थापना गरिएको क्लबले माघ ५ गते शनिबार जीतपुर चार नम्बरमा सरसफाई अभियान शुरु गरेको हो । अभियानमा स्थानीय युवा, व्यवसायीहरुको सहभागिता रहेको थियो ।

क्लबका अध्यक्ष अमृत गिरीले अब यो अभियान हरेक शनिबार संचालन गरिने बताउदै यस अभियानमा समाजका सबै व्यक्तित्वलाई सहभागी गराउने बताए । नयाँ क्लब भएकाले अहिले सदस्यको विस्तार गर्ने र नयाँ कार्यक्रम ल्याउने तयारीमा रहेको अध्यक्ष गिरीले जानकारी दिनुभयाे ।


प्रकाशित : २०८१ माघ ५, शनिबार १९:५८