एस.क्यु.सि.लुम्बिनी हबको अध्यक्षमा मदन मल्ल सर्वसम्मत चयन

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस, कपिलवस्तु
एस.क्यु.सि.लुम्बिनी हबमा २०२४ देखि २०२७ सम्मका लागि नयाँ नेतृत्व चयन भएको छ । मङगलबार युनाइटेड स्टुडेन्ट एकेडमीमा बसेको बैठकले अन्नपूर्ण विद्या मन्दिरका प्रधानाध्यापक मदन मल्ललाई लुम्बिनी हब कोर्डिनेटरमा सर्वसम्मत चयन गरेको छ ।

मल्लको नेतृत्वमा ७ सदस्यीय समिती चयन भएको छ । जस अन्तर्गत एस. क्यु. सि. मास्टर ट्रेनर तथा सचिब डम्बर बहादुर सोमै, कोषाध्यक्षमा महेश राज पन्थ रहनु भएको छ । सदस्यहरुमा नारायण पौडेल , ग्रीजेस कुमार चौधरी, विश्वास घिमिरे, रन्जित कुमार कुर्मी चयन हुनुभएको छ ।

यस्तै लुम्बिनी प्रदेश उपाध्यक्ष केशब सापकोटा, प्याब्सन कपिलबस्तुका सचिब राजु अधिकारी , बुद्ध शान्तीका प्र।अ। नारायण पौडेल, १०औं हब कन्भेन्सनका को( कोन्भेनर, सन लाइट इ। स्कुलका प्रबन्ध निर्देशक एस्.एन. त्रिपाठी, एस.क्यु .सि. मेम्बर स्कुलका सदस्यहरुको उपस्थिति रहेको हब कोर्डिनेटर मदन मल्लले जानकारी दिनुभयो ।

एस।क्यु। सि। मास्टर ट्रेनर तथा २०२४ का लुम्बिनी हब कोर्डिनेटर मिलन भण्डारिले २०२७ सम्मका लागि मदन मल्ललाई पद हस्तान्तरण गर्नुभएको हो ।

हब कोर्डिनेटर मल्लले विद्यार्थीको व्यक्तित्व विकासका लागि विद्यार्थी गुणीय चक्रले निकै प्रभाव पारेको बताउदै आफ्नो कार्यकालमा यस क्षेत्रका विद्यार्थीहरुलाइ गुणिय चक्रको माध्यमबाट सिकाइ प्रभावकारी बनाउन महत्वपूर्ण भुमिका खेल्ने स्पष्ट पार्नुभयो ।

यो संस्था विद्यार्थीलाई सर्वगुण सम्पन्न व्यक्ति बताउने उद्देश्यले स्थापना भएको हो । हाल १३० भन्दा बढी विद्यालयमा सह पाठ्यक्रमको रुपमा विद्यार्थी गुणीय चक्र संचालन तथा पठन पाठन भइरहेको छ ।


प्रकाशित : २०८१ माघ ११, शुक्रबार ०७:१५