
लुदस, कपिलवस्तु
कपिलवस्तुमा अर्घाखाँची–बाणगंगा कपिलवस्तु सम्पर्क मञ्च गठन हुने भएको छ । प्रस्तावित कपिलवस्तुमा अर्घाखाँची–बाणगंगा कपिलवस्तु सम्पर्क मञ्चको आयोजनामा यहि चैत्र १२ गते बाणगंगा ७ खारखानी बनभोज स्थलमा शुभकामना आदान प्रदान तथा वनभोज कार्यक्रमको आयोजना गरिएकाले सम्पुर्णलाई उपस्थितीका लागि अनुरोध गरिएको छ ।
धर्म कला, संस्कृति संरक्षण हाम्रो दायित्व भन्ने मुल नाराका साथ गठन गनै लागिएको उक्त मञ्चमा अर्घाखाँचीबाट कपिलवस्तुको बाणगंगा नगरपालिकामा बसोबास गर्ने सम्पुर्ण एकजुट भई एकतावद्ध हुने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
विशेष गरि कुनै पनि राजनीतिक दलको पक्षमा नभई विशुद्ध समाजको हितका लागि उक्त मञ्च गठन गर्न लागिएको हो । जसका लागि शुभकामना आदान प्रदान तथा वनभोज कार्यक्रम आयोजना गरिएकाले सम्पुर्णलाई उपस्थितीका लागि अनुरोध गरिएको छ ।