ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

प्रेस स्वतन्त्रता दिवसमा प्रेस चौतारी कपिलवस्तुद्धारा ६ जना संचारकर्मी सम्मानित

Lumbini Darpan 2 २०८२ बैशाख २०, शनिबार २०:०४

हरि आचार्य, कपिलवस्तु
विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) को प्रेस चौतारी नेपाल जिल्ला शाखा कपिलवस्तुले ६ जना संचारकर्मीलाई सम्मान गरेको छ । जिल्लाको गोरुसिंगेमा जिल्ला शाखा कपिलवस्तुले आयोजना गरेको संचार श्रमिक सम्मान कार्यक्रममा जिल्लाका ६ जना संचारकर्मीलाई सम्मान पत्र र नगद सहित सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा राम बहादुर गन्धर्व, कृष्ण यादव, कृष्ण पौडेल, कृष्ण हरिजन, ज्ञान कुमारी रास्कोटी, केशव बेल्बासे रहेका छन् । उनिहरुलाई प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश पाण्डे, नेकपा (एमाले) केन्द्रिय सदस्य गिरधारीलाल न्यौपाने लगायत चौतारीका केन्द्रिय, प्रदेश तथा जिल्लाका अध्यक्ष एवम् पदाधिकारीहरुले सम्मान गरेका हुन् ।

सोहि कार्यक्रममा प्रेस स्वतन्त्रताको हक सुनिश्चितका लागि प्रेस चौतारी नेपाल सदैव प्रतिवद्ध रहेको केन्द्रिय अध्यक्ष गणेश पाण्डेले बताएका छन् । प्रेस चौतारी लुम्बिनी प्रदेशको आयोजना तथा जिल्ला शाखा कपिलवस्तुको संयोजनमा प्रेस स्वतन्त्रता दिवसको अवसर पारि आयोजित प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षा सम्बन्धी अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष पाण्डेले पत्रकारहरुको पेशागत सुरक्षा संगै पारिश्रमिकको सुनिश्चिता हुनुपर्ने बताए । अध्यक्ष पाण्डेले नागरिकलाई सुशुचित गर्दै समाजलाई सकरात्मक दिशातर्फ लैजानका लागि पत्रकारले तथ्यगत विषय उठान गर्नुपर्नेमा जोड दिए । कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका अध्यक्ष पाण्डेले प्रेस चौतारी नेपाल व्यवसायिक पत्रकारहरुको हकहितका लागि सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै सुचना प्रविधिलाई प्रयोग गरी मर्यादित व्यवसायिक पत्रकारीता गर्न अनुरोध गरे ।

यसैगरी कार्यक्रमका प्रमुख वक्ता नेकपा एमाले केन्द्रिय सदस्य तथा कपिलबस्तु इन्चार्ज गिरधारीलाल न्यौपानेले पत्रकार गणतन्त्रको गहना भएको बताउदै जहाँ लोकतन्त्र छ त्यहा प्रेस स्वतन्त्रता सुनिश्चित हुने बताए । उहाँले देशको विकास र जनताको जिवनस्तर उकास्ने काम नेकपा (एमाले) ले मात्र गरेको दाबी गर्दै त्यहीकारण एमाले माथी घेराबन्दी भएको बताए ।

यस्तै कार्यक्रममा संगठनका केन्द्रिय उपाध्यक्ष चेतन अधिकारीले प्रेस चौतारी नेपालमा आबद्ध पत्रकारहरुले खोज मुलक समाचार लेखन क्षमताको विकास गर्नुपर्नेमा जोड दिए । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश इन्चार्ज मोहन चापागाईले प्रशिक्षण दिदै संगठनको विधान, निती र आगामी कार्ययोजनाको बारेमा स्पष्ट पारे ।

कार्यक्रममा नेकपा (एमाले) केन्द्रिय प्रचार तथा प्रकाशन विभागका सदस्य शेरबहादुर केसीले प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षा सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

यसैगरी लुम्बिनी प्रदेशका प्रचार तथा प्रकाशन विभाग प्रमुख डिआर घिमिरेले कार्यपत्रमाथि टिप्पणी गर्दै सरकारी कार्यालयका विज्ञापन सबै मिडियालाई समानुपातीक रुपमा वितरण गर्नुपर्ने जसले मिडियामा आउने आर्थिक संकटलाई न्युनिकरण गर्न सकिने बताए ।

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य पार्वती पाण्डे, नेपाल पत्रकार महासघंका जिल्ला सचिव शनिउल्लाह धोबी लगाएतले मन्तव्य राख्दै कपिलबस्तुमा संख्यात्मक रुपमा पत्रकारको विकास भएको र अब गुणात्मक रुपमा पनि विकास हुनुपर्नेमा जोड दिए ।

कार्यक्रमका अध्यक्ष शोभाखर पन्थीले विकास, समृद्धि र शुसासनका निम्ती प्रेस चौतारीले अभियान अगाडी बढाउन जरुरी रहेको बताउदै कार्यक्रम सफल पार्न सहयोग गर्ने सबै प्रति धन्यवाद व्यक्त गरे ।

प्रदेश महासचिव हरि अधिकारीको संचालन तथा चौतारी जिल्ला अध्यक्ष बाबुराम रायमाझीको स्वागत मन्तव्य रहेको कार्यक्रममा लुम्बिनी प्रदेशका १२ वटै जिल्ला अध्यक्ष तथा पदाधिकारीको उपस्थिती रहेको थियो ।


प्रकाशित : २०८२ बैशाख २०, शनिबार २०:०४

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

मनिषा खनालको अभिनयमा ‘ए म त परदेशी’ सार्वजनिक, दसैँमा घर सम्झिने परदेशी नेपालीको भावनात्मक कथा (भिडियोसहित)

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुलाई ‘उत्कृष्ट जिल्ला नेतृत्व–२०८३’ बाट सम्मान

प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech