हरि आचार्य, कपिलवस्तु
होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको आयोजनामा संचालित १० दिने ‘रैथाने खाद्य वस्तुबाट परिकार बनाउने कुक तालिम’ बाट कुक तयार भएका छन् । बाणगंगा नगरपालिका वडा नं. २ को आर्थिक सहयोग तथा संघको आयोजनाामा युवा व्यवसायका लागि रोजगार अन्तर्गत १० दिने ‘रैथाने खाद्य वस्तुबाट परिकार बनाउने कुक तालिम’ को समापन कार्यक्रममा यस्तो पाईएको हो ।
तालिमको समापन कार्यक्रममा लुम्बिनी प्रदेश सांसद बिष्णु पन्थीले कुक क्षमता भएको व्यक्तिले कहिं पनि दुख पाउन नपर्ने बताउँदै स्वदेश मात्र नभएर विदेशमा पनि रोजगार र स्वरोजगारको अवसर प्राप्त हुने बताउनुभयो ।

बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले स्थानीय सरकारले नागरिकको सीप विकास गरि स्वरोजगार र रोजगारको अवसरहरुको सृजना गर्ने कार्य गरिरहेको बताउनुभयो । उहाँले तालिम तालिमका लागि मात्र नभई परिणाममुखी हुनुपर्ने बताउदै होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुले संचालन गरेका तालिम प्रभावकारी हुंदै आएको बताउनुभयो ।

बाणगंगा नगरपालिका वडा नं. २ का वडाध्यक्ष बिष्णु प्रसाद पौडेलले वडाको चालु आर्थिक बर्षको बजेटबाट उक्त तालिम संचालन गरिएको भन्दै आगामी दिनमा पनि यस्ता तालिम प्रदान गर्ने बताउनुभयो । उहाँले भौतिक पुर्वाधार मात्र विकास नहुने भन्दै सामाजिक परिवर्तन संगै रोजगार र स्वरोजगारका अवसर सृजना गर्ने खालका काम वडाले गरिरहेको बताउनुभयो ।

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष रबिन्द्र पौडेलले यो तालिमले स्वदेश मात्र नभई वैदेशिक रोजगारीमा जानेलाई पनि आयआर्जनको माध्यम बनिरहेको बताउनुभयो । उहाँले संघले विभिन्न खालका तालिमहरुको संचालन गरि नागरिक उद्यमशिल, रोजगार तथा स्वरोजगार बनेको तथ्यांक समेत रहेको बताउनुभयो ।

बाणगंगा नगरपालिका वडा नंं. २ का वडा सचिव नरेन्द्र पोख्रेल, बैजलपुर जनकल्याण सामुदायिक वनका अध्यक्ष सत्यनारायण थारु, प्रशिक्षक रुक्मणि पराजुली लगायतले मन्तब्य राख्नुभएको थियो ।
संघका अध्यक्ष रबिन्द्र पौडेलको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष झिमलाल सापकोटाको स्वागत मन्तब्य तथा पत्रकार हरि आचार्यको संचालनमा सम्पन्न समापन कार्यक्रममा संघका उपाध्यक्ष रेशम वली, कोषाध्यक्ष सरोज मणि पौडेल लगायतका पदाधिकारी, सदस्य तथा सहभागीहरुको उपस्थिती रहेको थियो ।






















