हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ४ ठाकुरापुरमा रहेको पंजाबी तड्का रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसले शुभ विवाहको अवसरमा आफ्नो सेवा सुविधामा २५ प्रतिशत छुट प्रदान गरेको छ । नव बर्ष २०८२ सालको उपलक्ष्यमा यस क्षेत्रका स्थानीयहरुको बिहेको पार्टीमा २५ प्रतिशत छुटको व्यवस्था गरेको रेष्टुरेण्टका संचालक प्रमुख यादव चुँदालीले बताउनुभएको छ ।
लगनको समय भरि नै बिहेको पार्टीमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको हो । छोटो समयमै ग्राहक र यस क्षेत्रका स्थानीयहरुको मन जित्न सफल उक्त पंजाबी तड्का रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसले विवाहमा ग्राहकहरुको रोजाई अनुसार नै डेकोरेशनको व्यवस्था गरेको छ ।
गुणस्तरीय खाना खाजाको लागि रेष्टुरेन्ट र संघ संस्थाले आयोजना गर्ने कार्यक्रम तथा शुभ विवाहका लागि वातानुकुलित वातावरण सहित उक्त रेष्टुेन्टले सेवा प्रदान गर्दै आएको छ ।





















