हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं ८ ढोडेकोल टोलको बन्डौलि गन्सहवा सडक ढवेला डाँडामा बि.एम.किराना पसल एण्ड फ्रेस हाउस संचालनमा आएको छ । अर्घाखाँची शितगंगा–६ देखि बसाई सराइ गरी आउनुभएका बिक्रम आचार्यले उक्त व्यवसायमा संचालनमा ल्याउनु भएको हो । एक औपचारीक कार्यक्रमको आयोजना गरि उक्त व्यवसायको उद्घाटन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिका वडा नं. ८ का वडाध्यक्ष बाबुराम अर्यालले गुणस्तरीय सेवा सुविधा प्रदान गर्न अनुरोध गर्नुभयो । उहाँले स साना नीजि क्षेत्रका व्यवसायले नै सरकारको राजश्व वृद्धि गर्ने बताउनुभयो ।

त्यस्तै वडा नं. ८ का वडा सदस्य सैलेन्द्र बेल्बासे, शितगंगा नगरपालिका वडा नं. ६ का वडा सदस्य कमल ज्ञवाली लगायतले शुभकामना मन्तब्य दिनुभएको थियो ।
उक्त व्यवसायका संचालक बिक्रम आचार्यले व्यवसायबाट यस क्षेत्रका स्थानीय ग्राहकहरुलाई गुणस्तरीय हरेक किसिमका किराना सामान तथा मासु उपलब्ध गराउने बताउनुभयो । उहाँले नाफामा मात्र ध्यान नदिई उपभोक्ताको स्वास्थ्यलाई समेत ध्यान दिने बताउनुभयो । स्थानीयहरुको उपस्थिती रहेको कार्यक्रम संचारकर्मी सीता खनालको संचालनमा सम्पन्न भएको हो ।



















