लुदस, कपिलवस्तु
कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी आफैँ प्रहरीकोमा उपस्थिति हुनुभएको छ । विद्युतीय अपराधमा पक्राउ पुर्जी जारी पछि गाउँपालिका अध्यक्ष अनुसन्धानमा सघाउनका लागि पक्राउ नभई आफै प्रहरीकोमा उपस्थित भएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख, प्रहरी उपरीक्षक प्रदीप क्षेत्रीले फरार सूचीमा रहेका अध्यक्ष चौधरी आज इलाका प्रहरी कार्यालय बुटवलमा आफैँ उपस्थित भएको जानकारी दिनुभयो ।
उहाँ माथि बलात्कृत युवती तथा उनको परिवारको गोपनीयता भंग गरेको आरोप छ । अध्यक्ष चौधरीलाई पक्राउ गर्न रुपन्देही जिल्ला अदालतले जेठ १ गते इलाका प्रहरी कार्यालय बुटवललाई अनुमति दिएको थियो ।
चौधरी नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबाट गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।





















