
हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा २ पिपरा स्थित हिलबर्ट ईङ्गलीश बोर्डिङ्ग स्कुलले माध्यमिक शिक्षा परीक्षा एसईई २०८१ मा उल्लेखनीय सफलता हासिल गरेको छ ।
परीक्षा सहभागिता जनाएका ४६ जना सम्पूर्ण विद्यार्थी उत्तीर्ण भएका छन्, जसमा ३९ जना विद्यार्थी ३.६ देखि ४.०० जिपिए तथा ७ जना विद्यार्थी ३.२ देखि ३.६ जिपिए प्राप्त गरेका छन् भने मेधावी छात्राहरु सृष्टि पौडेल र खेम कुमारी पुनले ३.९५ जिपिए सहित सर्वोत्कृष्ट अंक प्राप्त गरि विद्यालयको शैक्षिक यात्रामा महत्वपुर्ण सफलता प्राप्त गरेका छन् ।
विद्यालयका प्रबन्ध निर्देशक बुद्धि पौडेलले यो उपलब्धिलाई ‘शिक्षा, अनुशासन र सामूहिक प्रतिबद्धताको उत्कृष्ट फल’ भनी उल्लेख गर्दै सम्पूर्ण अभिभावक, शिक्षक, कर्मचारी तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ ।
पौडेलले विद्यार्थीहरुको यो उपलब्धिले शिक्षा क्षेत्रमा दीर्घकालीन संकल्प र समर्पणलाई थप उचाइ दिएको बताउनुभयो । उहाँले विद्यार्थीहरुको सफलताको लागि अहोरात्र रूपमा खटिनु भएका कुशल शिक्षकहरु, विद्यालय ब्यबस्थापन समिति, अभिभावक, कर्मचारी एवम् सरोकारवाला सबैप्रति हार्दिक कृतज्ञता सहित आभार प्रकट गर्नुभएको छ ।