हरि आचार्य, कपिलवस्तु
टीभीएस स्कुटर तथा मोटरसाइकलको आधिकारिक विक्रेता बाणगंगा अटो ट्रेडर्स प्रा.लि.ले ‘टिभिएस एक्सचेन्ज मेनिया’ अफर संचालन गर्ने भएको छ । यहि साउन २५ गते देखि ३१ गते सम्म बाणगंगा अटो ट्रेडर्स प्रा.लि. (टिभिएस सोरुम) बाणगंगा १ वैरीयाले ‘टिभिएस एक्सचेन्ज मेनिया’ अफर संचालन गर्ने भएको हो । जस अफर अन्तर्गत आफ्नो कुनै पनि पुरानो मोटरसाईकल वा स्कुटरको एक्सचेन्ज गरी विभिन्न सुविधा सहित नयाँ टिभिएस लिन सकिनेछ ।
उक्त ‘टिभिएस एक्सचेन्ज मेनिया’ अफर अन्तर्गत ८ हजार सम्मको नगद छुट, १८ महिनाको लागि ७.९९% ब्याजदरको सुविधा, पुरानो मोटरसाईकल तथा स्कुटरमा १० हजार सम्मको मूल्य अभिवृद्धि, न्यूनतम मूल्याङ्कन (गुडे पनि नगुडे पनि) रु. ३० हजार, निःशुल्क हेलमेट सहित एसेसरीजको सुविधा लगायतका सुविधाहरु रहेका छन् ।
सोरुम परिवारले यो अफर अन्तर्गत मौकाको फाईदा उठाउन अनुरोध गरेको छ ।























