ताजा अपडेट

हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला, घटना शंकास्पद

तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

गौतमबुद्ध विमानस्थलमा ५ महिनादेखि अन्तर्राष्ट्रिय उडान ठप्प हुँदा व्यवसायी निराश

Lumbini Darpan 3 २०८२ श्रावण ३१, शनिबार १२:४८
[sharethis-inline-buttons]

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पाँच महिनादेखि अन्तर्राष्ट्रिय उडानविहीन बनेको छ । अर्बौं लगानी भएको विमानस्थलबाट लामो समयसम्म अन्तर्राष्ट्रिय उडान नहुँदा होटेल तथा पर्यटन व्यवसायी संगै स्थानीय बासिन्दामा निराशा छाएको छ ।

गत अप्रिलदेखि कुनै पनि अन्तर्राष्ट्रिय उडान नभएको विमानस्थलले जनाएको छ । सन् २०२५ को जनवरीदेखि मार्चसम्म ३ महिनामा भने अन्तर्राष्ट्रिय उडान सन्तोषजन भएको थियो । उक्त अवधिमा २९९ अन्तर्राष्ट्रिय उडान भएका थिए । त्यो अवधिमा काठमाडौंको त्रिभुवन विमानस्थल मर्मत भइरहेकाले नेपाल एअरलाइन्स, जजिरा, फ्लाई दुबई र थाई एअर एसियाले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गरेका थिए । उक्त ३ महिनामा मात्रै १५ हजार १४८ यात्रुले विमानस्थल प्रयोग गरेका थिए ।
जाडो मौसममा भिजिबिलिटीको समस्या देखाउँदै विदेशी एअरलाइन्सहरुले उडान स्थगित गरेका थिए । पछि नेपाल नागरिक उड्डयन प्राधिकरणले आरएनपीएआर प्रविधि लागु गरेपछि करिब एक महिना अन्तर्राष्ट्रिय उडान पुनस् सुरु भएपनि त्रिभुवन विमानस्थल मर्मत सकिएपछि चैत १६ देखि भैरहवाबाट पुनस् उडान बन्द भएको हो । उद्घाटन भएको तीन वर्ष पूरा भइसक्दा पनि विमानस्थलबाट अन्तराष्ट्रिय उडान नियमित र पर्याप्त नभएपछि व्यवसायीहरू पटक–पटक आन्दोलन गरिरहेका छन् । तर पनि विमानस्थल सञ्चालन नहुँदा उनीहरुमा निराशा छाएको छ ।

टुर एण्ड ट्राभल व्यवसायी चन्द्र थापाले काठमाडौंका ठूला व्यवसायीको प्रभाव र दवावमा परेर सरकारले नै विमानस्थल चलाउन चासो नदिएको गुनासो गरे । ‘काठमाडौंका ठूला ट्राभल एजेन्सीले अन्तर्राष्ट्रिय टिकटमा गर्ने कार्टेलिङ, एयरलाइन्स कम्पनीहरूले भैरहवामा सम्पर्क कार्यालय र स्थानीय एजेन्टलाई पोर्टल नखोल्नुको कारण अन्तर्राष्ट्रिय उडान भएन’–उनले भने–‘दुई तिहाईको बलियो सरकारले सरकारी स्वामित्वको नेपाल एअरलाइन्स वा हिमालय एअरलाइन्सको एउटा विमान नियमित उडान गर्न नसक्नु लाजमर्दो विषय हो, यसले नै सरकारले यो विमानस्थल चलाउन नचाहेको पुष्टी हुन्छ ।’रासस


प्रकाशित : २०८२ श्रावण ३१, शनिबार १२:४८

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारको क्रममा मृत्यु

दुःखको घडीमा लेखाली दाजुभाइ बने सहारा, बी.सी. परिवारलाई झण्डै २ लाख राहत हस्तान्तरण

राष्ट्रसेवाबाट समाजसेवासम्म : रनबहादुर काउचाको प्रेरणादायी जीवनयात्रा

२ वर्षमै सबैको रोजाइ बन्दै ‘क्याफे डि बरबन’ : स्वाद, सुविधा र पारिवारिक वातावरणको उत्कृष्ट गन्तव्य 

तौलिहवामा लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईयो

जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

भर्खरै

  • हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला, घटना शंकास्पद

  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

  • बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

  • कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

  • विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

  • बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

  • लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

  • नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

  • ‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

  • सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech