हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा २ स्थित पिपरा युवा क्लवका युवाहरुले बिरामी तथा विपन्न परिवारलाई सहयोग गरेका छन् । बाणगंगा ८ लौगाई स्थित हाल बैदेशिक रोजगारको शिलशिलामा दुवैमा कामको शिलशिलामा उच्च रक्तचापका कारण मष्तिष्कघात भई अस्पतामा उपचाररत बिष्णु थापालाई रु २० हजार आर्थिक सहयोग र नन्दनगर स्थित खग बहादुर घर्तीको परिवारलाई विपन्न परिवारलाई रु १० हजार बराबरको खाद्यान्न सामग्री वितरण गरिएको हो ।

गएको तिहारमा देउसी भैलो तथा सांस्कृतिक कार्यक्रम मार्फत संकल गरेको रकमबाट उक्त सहयोग प्रदान गरिएको हो । वडा स्तरिय युवा क्लव, जनप्रेमी युवा क्लव, लभ नेपाल, वैजलपुर युवा क्लव लगायत सहयोगी क्लवको रुपमा रहेका छन् ।






















