संवाददाता, बिष्णु प्रसाद पाेख्रेल

कपिलवस्तु । मानव अधिकार तथा शान्ति समाज कपिलवस्तु र रेडक्रस वाणागंगा उपशाखाकाे संयुक्त आयाेजना तथा विभिन्न संघ संस्थाहरूकाे सहयाेगमा विश्व रक्तदाता दिवसकाे अवसरमा गरिने भएकाे छ । पछिल्लाे पटक कपिलवस्तुकाे वाणगंगा नगर स्वास्थ्य सेवामा विकसित हुँदै गईरहेकाे अवस्थामा रगतकाे माग दिनानुदिन बढ्दै गईरहेकाे छ । बढ्दाे रगतकाे मागलाई परिपुर्ती गर्नका लागी यस क्षेत्रमा क्रियाशिल विभिन्न स्वयम् सेवि संस्थाहरुकाे उल्लेख्य याेगदान रहेकाे जानकारहरू बताउँछन् । मानव अधिकार तथा शान्ति समाज कपिलवस्तु आफैमा क्रियाशिल संस्था हाे । यस संस्थाले मानव अधिकार, शान्ति, अहिंसा तथा लाेकतन्त्रका क्षेत्रमा निरन्तर अभियानहरू सञ्चालन गर्दै आईरहेकाे छ । यसै सन्दर्भमा मिति २०७८ जेष्ठ २८ गते बसेकाे बिभिन्न संंस्थाहरू शान्ति समाज, रेडक्रस वाणगंगा उपशाखा, नेपाल नियमित रक्तदाता संघ बुटवल, उद्याेग बाणिज्य संघ कपिलवस्तु, नेपाल निर्माण व्यावसायी संघ कपिलवस्तु, कपिलवस्तु सामुदायीक अस्पताल, राेट्रयाक क्लव अफ कपिलवस्तु मिड टाउन, सिद्धार्थ सामाजिक विकाश केन्द्र, नेपाल किसान ट्याक्टर संघ, जेसिज कपिलवस्तु एवम् लायन्स क्लव अफ कपिलवस्तुहरूकाे संयुक्त बैठकले भव्य रुपमा रक्तदान कार्यक्रम सम्पन्न गर्ने निर्णय गरेकाे छ । उक्त अवसरमा कपिलवस्तुका विभिन्न संघ संस्थाहरूका क्रियाशिल स्वयं सेवि व्यक्तिहरूकाे पहलमा नेपाल नियमित रक्तदाता संघ कपिलवस्तु गठन गर्न लागिएकाे मानव अधिकार तथा शान्ति समाज कपिलवस्तुका सभापति गाेविन्द पाेख्रेलले जानकारी दिनुभयाे ।![]()
उक्त कार्यक्रममा उपस्थित भएर रक्तदान गर्नका लागि स्वयंसेवी रक्तदाताका लागि रेडक्रस वाणगंगा उपशाखा अध्यक्ष शंकर पाण्डेले अपिल गर्नुभएको छ । जेष्ठ ३१ बिहान ७ः३० बजे बाट सुभारम्भ हुने रक्तदान कार्यक्रममा कपिलवस्तुको तौलिहवाबाट प्राबिधिकहरु आउने शान्ति समाज जिल्ला सदस्य गुरुदेव पौडेलले बताउनु भयो । रक्तदान गर्ने स्वयंसेवी रक्तदातालाई प्रमाण पत्र र उक्त कार्यक्रममा सहयोग गर्ने सहयोगीहरुलाई प्रशंसा पत्र प्रदान गरिने शान्ति समाजका जिल्ला सचिव माधव घिमिरेले बताउनु भयो । शान्ति समाजको केन्द्रिय कार्यक्रम अन्तर्गत कपिलवस्तुमा पनि सो अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गर्न लागिएकोमा आफु खुसी भएको शान्ति समाजका केन्द्रिय सदस्य दिल बहादुर कार्कीले बताउनुभयो ।





















