काठमाडौं , कात्तिक १
नोभेम्बरदेखि नेपालमा कोभिड–१९ विरुद्धको खोप लगाउन लक्षित सबै नागरिकका लागि खोप सहज हुने भएको छ । सन् २०२२ देखि सबैलाई कोभिड–१९ विरुद्धको १७ लाख डोज खोप यही महिनाको अन्तिमसम्म अइपुग्ने भएको हो ।
कोभ्याक्स सुविधामार्फत् १ लाख डोज मोर्डना र चीन सरकारले अनुदानमा दिन लागेको थप १६ लाख डोज भेरोसेल खोप अक्टोबरको अन्तिमसम्म आइपुग्ने खोप शाखा प्रमुखसागर दाहालले जानकारी दिए।
यसअघि भारतबाट खरिद गरी ल्याइएको १० लाख डोज कोभिसिल्ड खोप एस्ट्राजेनेका दोस्रो डोजको पर्खाइमा रहेका नागरिकलाई दिइनेछ । यो संख्या करिब ९ लाख रहेको दाहालले बतए ।
त्यस्तै, कोभ्याक्स सुविधा अन्तर्गत ल्याउन लागिएको एक लाख डोज मोर्डना खोप दीर्घरोगी तथा अति जोखिम वर्गमा परेका नागरिकलाई दिइनेछ । फाइजर खोप देशभरका २० वटा अस्पतालबाट वितरण गरिनेछ ।




















