ताजा अपडेट

डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

युवाको बर्तमान अवस्था र चुनौती

लुम्बिनी दर्पण २०७७ असार ५, शुक्रबार १८:०२
[sharethis-inline-buttons]

विवेक आचार्य, कपिलवस्तु ।

बिकास एक बहुआयामिक,बहुउदयमान ,गतिशिल परिबर्तनशिल सकरात्मक धारमा जोडिएको आधार हो जसले मानबिय,भौतिक ,सामाजिक लगायत बिभिन्न गुणात्मक सँग सगै परिणात्मक मुल्यांकनलाई उच्चारण गर्छ ।

शक्ति सन्तुलनता संगसँगै बिकासको मुख्य मेरुदन्ड भन्नु नै युबाबर्ग हो । जसरी एउटा टि.भि. चलाउने माध्यम रिमोट हो त्यस्तै देशको शक्ति सन्तुलनको मुख्य अंग नै युबा हुन । देश बिकासमा आर्थिक ,सामाजिक ,मानबिय ,भौतिक ,राजनितिक तथा प्रबिधिक जस्ता पाटाहरुको भुमिका रहेको हुन्छ । हाम्रो समाज अनुसार बिकास भन्नाले सामान्य सडक कालोपत्रे गर्नु भन्ने बुझिनछ तर त्यो त एक भौतिक पाटो मात्र हो जसको पुरा रुप मध्ये बिकासका पुर्बधारहरु जस्तै शिक्षा ,स्बास्थ्य ,यातायात , सन्चार ,खानेपानिको पहुँचमा रहनु भन्ने बुझिन्छ तर भौतिक बिकासलाई मात्र बिकास भन्नु कुनै परिक्षामा कुनै बिषयमा पूर्णांक बराबर र कुनै बिषयमा खाता नखोल्ने जस्तै हो ।

अहिले बहुसङख्यक युवाहरु गाँस ,बास र कपासको लागी परिश्रम गरीरहेका छन । रोजी रोटीको लागी स्वदेशी तथा बिदेशी श्रम बजारमा युवाहरुको मोलतोल भईरहेको छ । श्रम र मुल्यबिचको सिद्रान्त असन्तुलित बन्दै जानुले बेरोजगारीताको दर्दनाक संकट नेपालजस्ता बिकाशन्मुख मुलुकले भोग्नुपर्ने तितो यथार्थ हाम्रो माझमा छर्लङ छ । खानका लागी बाँचिरहेका छौ या बाँच्नका लागी खाईरहेका छौँ यस प्रश्नको सहजै उत्तर पाउन गाह्रो छ । तर पनि बहुसङख्यक नेपाली जनताहरु बिहान खायो साँझ के खाने भन्ने समस्यामा पिरोलीरहेका हुन्छन । आर्थिक पछौटेपनाले गर्दा नै दलहरुको सस्तो लोकप्रिय नारा र आर्थिक क्रान्तिका ठुला ठुला सपनाका पछि युवाहरु कुद्ने गरेका छन । यदपी नेपाली जनताको भोको पेटको युद्ध ,नाङगो शरीरको युद्ध्रबाट केही नेताहरु समृद्ध हुनेबाहेक अरु उपलब्धी हासिल भएको छैन । त्यो नेपाली युवाहरुले बुझनु पर्ने कुरा हो । झन पछि झन नेपाली युवाहरुको आर्थिक अवस्था न्युन बन्दै गएको छ । करिव ४० प्रतिशत जनसङख्या रहेको नेपाली युवाहरुलाई राज्यको तर्फबाट त्यति प्राथमिकता दिएको पाईदैन ।

पछिल्लो समय बिभिन्न प्रतिवेदनलाई हेर्दा राजनितिमा युवा सहभागीता न्युन देखिन्छ । ठुला पाटीका शिर्ष तहका युवा नेताहरुको आर्थिक अवस्था निकै सवल देखिएको छ । साना पाटी र जिल्ला तहका अधिकांस युवा नेताहरुको अवस्था मध्यम प्रकृतिको रहेको छ । बिभिन्न दुतावास र एनजिओ हरुले अन्तराष्ट्रिय युवा सम्मेलनका नाममा करोडौँ खर्च गर्ने ,भत्ता दिने ,कक्टेल डिनरमा सहभागी गराउने जस्ता कामले युवाहरुमा नकारात्मक परीपाटीको बिकाश भएको सत्य हो । जसलाई स्वयम राजनितिक दलका युवा नेताहरुले समेत स्वीकादैँ आएका छन । अन्य क्षेत्रका युवाहरुको तुलनामा यस क्षेत्रका युवामा श्रम गर्ने वानीको बिकास हुन सकेको छैन । जसभित्र राजनितिक सस्ंकार मुख्य जिम्मेवार छ ।

नेपालमा रोजगारीको क्षेत्र बिकाश हुन सकिरहेको छैन । हाम्रा बिश्व बिद्यालयहरु वेरोजगार उत्पादन गर्ने कारखाना बन्दै छन । शिक्षामा पुनः संरचनाको कुरा उठे पनि यसले आकार ग्रहण गर्न सकिरहेको छैन । पढेलेखेकै भएकाले खेति किसानी र सानो कामलाई हेय भावले हेर्ने दृष्टिकोण बढ्दै छ र जसले गर्दा सानो काम गरे घटिन्छ भन्ने चिन्तन हुर्कदै गएको छ । डिग्री पासको सटिफिकेट हातमा लिएर खाडी मुलुकमा श्रम गर्न बाध्य छन युवाहरु । नेपालमा शिक्षित भएर पनि बेरोजगार युवाहरुको सङख्या पनि बढ्दै गएको छ । यति नै छन भनेर रेकर्ड नभए पनि प्रतिवर्ष मुलुकले १० देखि १५ प्रतिशत शिक्षित तर बेरोजगार युवाहरुको भार थेगिरहेको छ । यिनिहरुको अवस्था अत्यन्तै पिडादायक छ । यसबेला राज्य बिरुद्र चरम आक्रोस यिनिहरुमा पैदा हुनु स्वभाविक हो

रोजगारीका लागी अन्य मुलुकमा जानुलाई बैदेशिक रोजगारी भनिन्छ । भारतलाई भने बैदेशिक रोजगार ऐनले बैदेशिक रोजगारमा समावेश गरेको छैन । अहिले आर्थिक अवस्था केहि मजवुत बनाउने नेपाली युवाहरुको रोजगारीको बिकल्प बैदेशिक रोजगार हो । यो ईतिहासकै सर्वाधिक युवा जनशक्ति हो । स्वदेशमा पुर्ण रोजगारीको अवस्था न्युन छ त्यसैले पनि नेपाली युवाहरुको लागी बैदेशिक रोजगारी उत्तम विकल्प भएको छ । बैदेशिक रोजगारीमा जाने युवाहरुले पनि बिभिन्न समस्या भोग्नु परेको छ । सरकारले उचित प्राथमिकता नदिनु ,भाषा ज्ञानको अभाव ,दक्ष जनसक्तिको अभावजस्ता समस्या भोग्नुपरेको छ ।

जे जस्ता समस्या भए पनि बिप्रेषण नेपालमा बढ्दै गएको छ । बिदेशमा आश्रीत घरहरुको जीवनस्तर सुधार हुदै आएको छ । समग्रमा भन्दा नेपाली युवाहरुको आर्थिक अवस्था सन्तोष जनक नभएको र रोजगारीको अवशर प्राप्त नभएको निष्कर्ष सहजै निकाल्न सकिन्छ । नेपाली युवाहरुलाई अहिलेको आर्थिक अवस्थावाट माथी उठाउन तपशिलका बिषयहरुहरुलाई संवैधानिक रुपमा नै व्यवस्था गर्नुपर्दछ । नेपालमा युवाको आर्थिक अवस्थाा सुर्धान ,वेरोजगारीता घटाउन ,निति नियम बन्छन । योजना र कार्यक्रम तयार गरिन्छ तर कार्यान्वयन हुदैनन् । तसर्थ आर्थिक हिसांको अधिकांस भाग ओगट्ने युवा पुस्तालाई बेवास्था गर्नु राज्यको लागी दुभाग्यपुर्ण कुरा हो ।
“जय देश, जय युवा”
(लेखक बिबेक आचार्य सिभिल ईन्जिनियर सेबामा नेपालको निजामति सस्था संग आबद्द छन्)


प्रकाशित : २०७७ असार ५, शुक्रबार १८:०२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
  • चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित
  • किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी
  • दुःखको घडीमा लेखाली दाजुभाइ बने सहारा, बी.सी. परिवारलाई झण्डै २ लाख राहत हस्तान्तरण
  • अर्काको जग्गाको सिफारिस गराउन दबाब दिएको आरोपमा एक जना पक्राउ
प्रतिक्रिया

यो पनि पढौँ

जीवनका निर्णय

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

मन सफा छ, व्यवहार सरल छ

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

विद्यार्थी जीवन ( कविता)

कला, संघर्ष र समाज रुपान्तरणको पर्याय ः सिद्धार्थ नाट्यशाला

विद्यार्थी जीवन

मेरो लक्ष्य, उज्यालो भविष्य

बिदेशिनु रहर होइन, बाध्यता हो ।

फागुन २१ को चुनाव तथा देश र जनताको भविष्य

WHO को पोलारिस : महामारीको तयारीमा म्यामोथबाट उत्पन्न काल्पनिक भाइरसको परिदृश्य

कपिलवस्तुका कक्षामा क्रान्ति : डिजिटल शिक्षाले बदलिँदैछ भविष्य

भर्खरै

  • डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

  • नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

  • सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

  • लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

  • नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

  • हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

  • एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

  • श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

  • सुनचाँदीको मुल्य बढ्यो

  • जीवनका निर्णय


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech