लुदअ, अर्घाखाँची
अर्घाखाँचीमा एक वर्षमा १८ जनालाई सर्पले डसेको छ । अर्घाखाँची अस्पतालको तथ्याङ्क अनुसार पछिल्लो एक वर्षमा १८ जनालाई सर्पले डसेको हो ।
कतिपय व्यक्ती सर्पले डसेपछी सिधै कपिलवस्तु जाने र कतिपय घरेलु उपचार गरेर बस्ने गरेकाले पनि सबै तथ्याङ्क जिल्ला अस्पतालमा नआउने अर्घाखाँची अस्पतालका सुचना अधिकारी निम रानाले जानकारी दिए । जिल्लामा पछिल्लो एक वर्षमा १८ सर्पदंशका घटना देखिएका हुन् । जिल्लामा सर्पदंशको प्राथमिक उपचार पछी सर्पदंश उपचार केन्द्र कपिलवस्तु पठाउने गरिएको छ ।
पहाडी भेगमा विषेश गरी हरियौं, धामन, गोमन लगायतका सर्प पाईन्छन् । सर्पले टोकेका बिरामी अझै पनि अस्पताल गएर उपचार गराउनुभन्दा झारफुक गर्ने प्रवृत्ति कायमै रहेकाले बिरामीको ज्यान जोखिममा पर्ने गरेको छ ।




















