बाबुराम रायमाझी, भलवाड
कपिलवस्तुको बाणगंगा ९ मा रहेको कोटिहवा सामुदायिक वन उपभोक्ता समुहको १२ औं बार्षिक साधारणसभा सभा बर्दहवामा सम्पन्न गरिएको छ । सो सभामा समुहका सचीव पदम बेल्बासे (प्रेम)ले समुहको बार्षिक प्रगति प्रतिबेदन पेश गर्नु भएको थियो भने कोषाध्यक्ष लक्ष्मी राना परियारले आर्थिक बर्ष २०७९/८० को १३ लाख ८६ हजार बराबरको आय–व्यय सार्वजनिक गर्नु भएको थियो ।
कार्यक्रममा समुहका अध्यक्ष ध्रुव बेल्बासेले समुहको भाबी कार्ययोजना एवम् रणनितिको वारेमा जानकारी गराउनुभएको थियो । साथै आगामी बर्ष २०८०/८१ को ६६ लाख ४१ हजार बराबरको आय–व्ययको बारेमा पनि स्पष्ट पार्नुभएको थियो ।
कार्यक्रममा सुनगाभा टोल विकास संस्था बर्दहवाका अध्यक्ष बसन्त अधिकारी, नब प्रभात बचत तथा ऋण सहकारि संस्थाका अध्यक्ष बसन्त खनाल, समाजसेबि तथा समुहका पुर्ब अध्यक्ष कुमार मधु बेल्बासे, सब डिभिजन वन कार्यालय गोरुसिङ्गेका फरिस्टर धर्म बहादुर ओलि, समाजसेबि रेशम बहादुर के.सि.लगायतले कार्यक्रमको सफलतको शुभकामना दिएका थिए ।
वडा अध्यक्ष एबम कार्यक्रमका प्रमुख अतिथि कमल पौडेलले बनको संरक्षण एवम् सम्बर्द्धन गर्दै समुदायमा रचनात्मक कार्य गर्न सुझाव दिदै वडाको समन्वयमा समुहलाइ बनको कार्यक्रम गरेमा वडा कार्यालयदेखि आफुले पनि सहयोग पुराउने बताउनु भएको थियो ।
कार्यक्रम कोटिहवा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष ध्रुव बेल्बासेको अध्यक्षता, वडा न.९ का वडाध्यक्ष कमल पौडेलको प्रमुख आतिथ्यता रहेकोे थियो भने सचिव पदम बेल्बासेको संचालनमा सम्पन्न भएको थियो ।




















