हरि आचार्य, कपिलवस्तु
नेपाल किसान ट्रयाक्टर समितिको अध्यक्षमा व्यवसायी मनोहर कुमार योगीले उम्मेद्वारी घोषणा गर्नुभएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नंं. ८ पुल्चोक स्थित नेपाल किसान ट्रयाक्टर समितिको नवौं अधिवेशन नजिकिरहदा नेतृत्वका लागि योगीले उम्मेद्वारी घोषणा गर्नुभएको हो । समितिको यहि माघ ६ गते नवौं अधिवेशन हुन गईरहेको छ ।
समितिका पुर्व उपाध्यक्ष समेत रहनुभएका योगी यस अघिको अधिवेशनमा अध्यक्षका उम्मेद्वार हुनुहुन्थयो । समग्र ट्रयाक्टर व्यवसायीहरुको हक हितका लागि नेतृत्व गर्न आफु उम्मेद्वार रहेको योगीले लुम्बिनी दर्पणलाई बताउनुभयो ।
अध्यक्षमा योगीको उम्मेद्वारी रहेसंगै ३ सय ५ नियमित ट्रयाक्टर धनी मध्ये अधिकांश ट्रयाक्टर धनी उत्साहित भएका छन् । कपिलवस्तुको बाणगंंगा ११ ओदारी निवासी योगी हाल समितिको सल्लाहकार हुनुहुन्छ । उहाँले ट्रयाक्टर व्यवसायीको हक हित र संरक्षणका लागि काम गर्न सक्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
पुर्व उपाध्यक्ष, हाल सल्लाहकारको जिम्मेवारी कुशलता पुर्वक पुरा गरेको र संस्थागत नेृतत्व गर्न सक्ने क्षमता भएकाले योगीले समितिको नेतृत्व गर्न सक्ने व्यवसायीले बताएका छन् । विगतमा पनि व्यवसायीलाई परेका समस्या र अप्ठ्यारोमा निरन्तर साथ दिएका योगी नेतृत्वमा आउनु हामी सबै व्यवसायीको लागि गर्वको कुरा हो’ एक ट्रयाक्टर व्यवसायीले भने ।
उहाँले व्यक्तिगत स्वार्थ भन्दा माथि रहेर विगतमा पनि कार्य गरेको र सबै व्यवसायीलाई समावेश गर्दै संस्थालाई उचो बनाउने गरि अध्यक्षको जिम्मेवारी पनि उत्तिकै कुशलता पुर्वक पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँलाई नेकपा (एमाले) ले अध्यक्षको उम्मेद्वार बनाउने निर्णय गरेको बताइएको छ । यसैबिच हाल समितिका महासचिव झविन्द्र खनालले योगीलाई समर्थन गर्नुभएको छ ।
नेपाल किसान ट्रयाक्टर समिति जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका वि.स. २०५६ जेठ १४ गर्ने दर्ता भएको संस्था हो भने नेपाल ट्रयाक्टर महासंघमा वि.स. २०६६ बैशाख ९ गते आवद्ध भएको थियो ।




















