लुदस, कपिलवस्तु
माघ १० गते देखि शुरु भएको तिनदिने बेमौसमी तरकारी खेती तालिम सम्पन्न भएको छ । श्री सिद्धिपुर समाजिक महिला बिकास संस्था बाणगंगा ४ ठाकुरापुरको आयोजनामा तथा बाणगंगा नगरपालिका वडा नं. ४ को सहयोगमा संचालन भएको बेमौसमी तरकारी खेती तालिम वडा नं. ४ को वडा कार्यालयमा सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथी वडा नं. ४ का वडा सदस्य चिन्कु थारुले तिनदिन सम्म सिकेका कुराहरुलाई व्यवहारमा ल्याउन सहभागिहरुलाई आग्रह गर्नुभयो । व्यवसायी मूलक उत्पादन गर्नुपर्ने आजको आवश्यकता भएको हुँदा अर्गानिक उत्पादन तर्फ किसानहरुले ध्यान दिन जरुरी भएको बताउनु भयो ।
महिलाहरुलाई लक्षित गरेर संचालन गरेको बेमौसी तरकारी खेती तालिमबाट उत्पादन मुखि व्यवसायी बन्न आग्रह गर्दै सम्पूर्ण सहभागिहरुलाई शुभकामना दिनु भयो । किसानहरुले मिहिनेतका साथ उत्पादन गरेता पनि उत्पादित सामाग्रीहरुको बजार मूल्य नपाउँदा कृषकहरुले घाटा व्यहोर्नु परेको बताउँदै कृषि प्राविधिकबाट सिकेका कुराहरुलाई व्यवहारमा ल्याउन आग्रह गर्दै उत्पादन मुखी हुनुपर्नेमा जोडदिनु भयो ।
स्वास्थ्यको लागि अर्गानिक तरकारी खेती उत्पादन गर्नुपर्ने र सदाबहार उत्पादन हुने बेमौसमी तरकारी खेतीलाई व्यवसायीक रुपमा संचालन गर्न सके आर्थिकमा समेत संमृद्धि हुने वडा सदस्य थारुले बताउनु भयो । व्यवसायी रुपमा उत्पादन बढाउँदै लैजान सके अगामी दिनमा वडाको साथ सहयोग रहेने बताउनु भयो ।
कृषि बिकास शाखा प्रमुख लेष बहादुर केसीले सहभागिहरुले तालिममा सिकेका बिषयहरुलाई व्यवहारमा ल्याउन सके लगानी खेर नजाने बताउनु भयो । कृषि व्यवसायलाई अगाडी बढाउन उत्पादन तर्फ लाग्नुपर्ने बताउँदै बिउविजन खरिद गर्दा एग्रोभेटबाट खरिद गर्न आग्रह गर्नुभयो । कृषि व्यवसायीहरुले बिमा गर्दा उपयुक्त हुने प्रमुख केसीले बताउनु भयो । कृषिको क्षेत्रमा कुनै समस्या भए कृषि शाखाको सहयोग रहने प्रतिवद्धता जनाउनु भयो ।

संस्थाका अध्यक्ष सितादेवी न्यौपानेले संस्थाको स्थापनाकाल देखि नै महिलाहरुलाई शसक्तिकरण गर्न बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको बताउनु भयो ।
संचारिका समूह शाखा अध्यक्ष पार्वती आचार्यले महिलाहरु व्यवसाय तर्फ केन्द्रित भए आर्थिक उत्पादनमा बृद्धिहुनुका साथै महिलाहरु आर्थिक रुपमा शसक्तिकरण भए बिभिन्न हिंसा भोग्न नपर्ने बताउनु भयो । तिनदिन सम्म सिकेको सिपलाई व्यवहारमा ल्याउन र व्यवसायीक रुपमा उत्पादनलाई बढाउन सहभागिहरुलाई आग्रह गर्दै उत्पादित सामाग्रीहरुको संचारमाध्यमबाट प्रचारप्रसार गरी सहयोग गर्नेमा जोडदिनु भयो ।
सहभागि रिता थारुले तिनदिन सम्म कृषि सम्बन्धि धेरै बिषयहरुमा सिक्न र जान्न पाउँदा खुशी व्यक्त गर्दै बेमौसमी तरकारी खेती गर्दा बिभिन्न विधिहरुलाई सबैले प्रयोग गर्नुपर्ने बताउनु भयो । आफूले सिकेको कुरालाई व्यवहारमा ल्याउने प्रतिवद्धता समेत जनाउनु भयो ।
तालिममा कृषि बिमा, तरकारी माटो व्यवस्थापन, रोग किरा व्यवस्थापन, बेमौसमी तरकारीको महत्व तथा प्रविधि, नर्सरी व्यवस्थापन, झोलमोल, बिरुवाको खाद्य तत्व व्यवस्थापन लगाएतको बिषयमा कृषि बिकास शाखा अधिकृत लेष बहादुर केसी, कृषि अधिकृत धनिराम आचार्य, सन्तोष कुमार भुसाल, निरुता पौडेल र कृषि प्राविधिक पदमलाल घिमिरेले वडा नं. ४ का २५ जना कृषि व्यवसायी महिलाहरुलाई सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष सितादेवी न्यौपानेको अध्यक्षतामा संस्थाका सचिव सुनिता सेनको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा संस्थाका कोषाध्यक्ष लक्ष्मी गोदार, सह सचिव अप्सरा अधिकारी, धना बञ्जाडे , अनिता बाकाबल र मिना गैरे लगाएतका पदाधिकारीहरुको सहभागिता रहेको थियो । तालिममा सहभागिहरुलाई कृषि औजार र बिउबिजन हस्तान्तरण गरिएको थियो ।




















