हरि आचार्य, कपिलवस्तु
जगदम्बा मोटर्स प्रालिले नयाँ बर्ष २०८१ को अवसरमा सञ्चालन गरेको ‘टिभिएस मेरो साथी’ अन्तर्गत शत प्रतिशत क्यास ब्याकको अफर अर्घाखाँचीकी उमा खड्काले प्राप्त गर्नुभएको छ । टिभिएसको आधिकारीक विक्रेता बाणगंगा अटो ट्रेडर्स प्रा.लि.वैरीया कपिलवस्तुबाट टिभिएस स्कुटर खरिद गर्दा उक्त क्यास ब्याक अपर अर्घाखाँचीको मालारानी गाउँपालिका ४ खनकी खड्कालाई पर्न सफल भएको छ ।
टिभिएस एन्ट्रक ड्रम स्कुटरको मुल्य रु २ लाख ३५ हजार ९ सय बराबरकै क्यास ब्याकको चेक टिभिएस सोरुमका सञ्चालक मोहन न्यौपाने, शंकर क्षेत्री र मनोज पौडेलले हस्तान्त्रण गर्नुभएको हो । उहाँहरुले हस्तान्त्रण गर्दै बधाई सहित सफल यात्राको शुभकमकना दिनुभयो । त्यस्तै टिभिएस स्कुटर तथा मोटरसाईकल प्रयोग गर्न अनुरोध गर्दै विभिन्न अफरहरु आउँदा निश्पक्ष रुपमा ग्राहकलाई प्रदान गरिदै आएको बताउनुभयो ।

‘टिभिएस मेरो साथी’ अन्तर्गत शत प्रतिशत क्यास ब्याक प्राप्त गरेकी खड्काले हर्षित हुंदै आकर्षक स्कुटर, उत्कृष्ट माईलेज र पिकअप भएको स्कुटर खरिद गर्दा क्यास ब्याक अफर पनि पाउँदा आफुलाई गर्वको महशुस भएको बताउनुभयो । उहाँले सबैलाई टिभिएसनै प्रयोग गर्न अनुरोध गर्दै बाणगंगा अटो ट्रेडर्स प्रा.लि.वैरीया परिवारलाई धन्यवाद दिनुभयो ।























