ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

त्रिशूलीमा खसेका बस अहिले सम्म भेटिएनन , पहिरोमा पुरिएको आशंका

Lumbini Darpan 3 २०८१ असार २८, शुक्रबार १५:२४

बुटवल । नारायणगढ(मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेका दुईवटा बस अहिलेसम्म भेटिएका छैनन् । लामो प्रसायमा पनि बस नभेटिएपछि त्रिशूली किनारमा खसेको पहिरोमै पुरिएको आशंका गरिएको छ । यद्यपी तत्काल पहिरो हटाउन सक्ने अवस्थामा नरहेको सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन शिक्षालय कुरिनटारबाट एसएसपी माधव पौडेलले जानकारी दिनुभयो ।सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेनाको गोतखोर टोली र नेपाल प्रहरीले बस खसेको केही बेरमै खोजी सुरु गरे पनि बसको अवस्था पत्ता लाग्न सकेको छैन । त्रिशूली नदीमा बाढीको चाप बढ्दै गएको, पानी धमिलो भएकाले खोज्न समस्या भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । अहिले ७० जनाको टोली खोजी तथा उद्दारमा खटिएको छ ।

बगाएर तल पुर्‍याएको हुनसक्ने आशंकमा देवघाटमा समेत टोली परिचालन गरेर खोजी गरिए पनि पत्ता नलागेको एसएसपी पौडेलले बताए । सशस्त्र प्रहरीका ३ वटा बोट र नेपाली सेनाको १ वटा बोटमार्फत गोताखोरको टोली त्रिशूली नदीमा गएर खोजी कार्य गरिरहेको उनले बताए । दुर्घटनास्थलबाट करिब २ सय मिटर तलसम्म गएर गोताखोरको टोलीले खोजी गरिसकेको छ । त्योभन्दा तल ठूलो भूमरी रहेकाले खोजीमा थप समस्या देखिएको छ ।रातिदेखि खोजी गर्दा पनि अहिलेसम्म केही नभेटिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । पानीको चाप अत्यधिक र धमिलो भएकाले नदीको गहिराइसम्म गोताखोर पुग्न सक्ने अवस्था नभएकाले चुम्बक फालेर बसको खोजी सुरु गरिएको सशस्त्र प्रहरीले जनाएको छ । लामा(लामा बाँसका भाटा तथा रडको सहायताले पनि खोजी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

सिमलतालमा आज बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश(०३(००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश(०३(००१ ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले बगाएको थियो । तीन यात्रु पौडी खेलेर किनारामा निस्किएका थिए ।


प्रकाशित : २०८१ असार २८, शुक्रबार १५:२४

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

मनिषा खनालको अभिनयमा ‘ए म त परदेशी’ सार्वजनिक, दसैँमा घर सम्झिने परदेशी नेपालीको भावनात्मक कथा (भिडियोसहित)

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुलाई ‘उत्कृष्ट जिल्ला नेतृत्व–२०८३’ बाट सम्मान

प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech