लुदस, कपिलवस्तु
लोक तथा दोहोरी गायक बिक्रम परियार र समिक्षा अधिकारीको “सङ्गै गरम उकालीओराली” बोलको नँया गीत सार्वजनिक भएको छ । रबिन देवकोटाको शब्द रचना तथा बिक्रम परियारको संगीत रहेको गीत आइतवार बिक्रम परियारकोअफिसियल युटुभमा सार्वजनिक गरिएको हो ।
उक्त गीतमा बिक्रम परियार र समिक्षा अधिकारीको स्वर रहेको छ १ वन पाखा पखेरा उकालीओराली गर्दा मायाप्रीति कुरालाई यो गीतमा समेटिएको छ ।
गीतलाइ बिनोद भन्डारीले निर्देशन गरेका छन। मुख्य अभिनयमा अशिम क्षेत्री र जुना बिश्वकर्मा लाई देख्न सकिन्छ ।
वानडिपी रेकडिङ स्टुडियोमा तयार पारीएको गितको छायांकन मकवानपुरको चित्लाङमा गरीएको छ । उक्त गित आज पुस ७ गते बिक्रम परियार अफिसियल युट्युवबाट सार्वजनिक भएको छ ।
भिडियो सहित




















