ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बिद्यालयलाई नवनिर्मित पानी ट्याङ्की हस्तान्तरण

Lumbini Darpan 2 २०८१ फाल्गुन १५, बिहीबार १९:१४

लुदस, कपिलवस्तु
कपिलवस्तु नगरपालिका वडा नम्बर ३ जमोहरा स्थित श्री राधाचन्द्र आधारभूत बिद्यालयलाई नवनिर्मित पानी ट्याङकी हस्तान्तरण गरिएको छ । बिद्यार्थीहरुका लागि स्वच्छ खानेपानीको सहजताका लागि एकलाख बढिको लागतमा उक्त खानेपानी ट्याङकी सहितको ब्यवस्थापन गरिएको हो ।
रोयल थाइ मोनास्ट्री लुम्बिनी, स्वर्णभूमि फाउण्डेसन, वाटथाई कपिलवस्तु निग्रोधराम नेपाल र नेपाल अर्वुद रोग निवारण संस्थाको सहयोग र सहकार्यमा उक्त बिद्यालयमा खानेपानीको सहज ब्यवस्थापन गरिएको छ ।

रोयल थाइ मोनास्ट्री लुम्बिनीका प्रमुख फ्राश्री बोधीबिदेश भिक्षु सुपोत, थाई दुतावास नेपालका काउन्सुलर अथ्थापिनी कोङ्गक, नोटकर्न साई नुङ्ग, नोवारत काशेम्पा, कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुनाराम पौडेल, शिक्षा बिकास अधिकृत हरिप्रसाद ज्ञवाली लगायतले खानेपानी ट्याङकीको उद्घाटन गरे ।

बिद्यालयमा लामो समयदेखि स्वच्छ खानेपानीको ब्यवस्थापन नहुँदा बिद्यार्थीहरुलाई असहजता भएको महसुस गरेर उक्त बिद्यालयमा खानेपानीको ब्यवस्थापनका लागि नेपाल अर्बुद रोग निवारण संस्था कपिलवस्तु शाखाका सभापति एवं समाजसेवी राजेश ज्ञवालीको पहलमा बिद्यालयमा पानी ट्याङकी, बिद्युत मोटर, धारा, सहितको आर्कषक ढलानयुक्त संरचनाको निर्माण गरिएको हो । जस्बाट बिद्यार्थीहरुले स्वच्छ र सफा पिउने पानी उपभोग गर्न पाइरहेका छन् ।

हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल अर्बुद रोग निवारण संस्था कपिलवस्तु शाखाका सभापति ज्ञवालीले कपिलवस्तु नगरक्षेत्रका ग्रामीण बस्तीमा रहेको बिद्यालयहरुमा आवश्यक पूर्वाधारहरुको बिकासका लागि निरन्तर लागि पर्ने बताए ।

कार्यक्रममा कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुनाराम पौडेलले बिद्यालय जस्तो पवित्र स्थानमा उदार मनले सहयोग र समन्वय गर्ने संघसंस्थालाई धन्यवाद प्रकट गर्दै नगरपालिका पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा परिणामोन्मूख कार्य गरिरहेको धारणा राखे ।

यसैबीच, बिद्यालयका प्रधानाध्यापक गीता खनालले बिद्यालय र बिद्यार्थीहरुका लागि आवश्यक सहयोग गर्ने सबैप्रति आभार प्रकट गरिन् । बरिष्ठ समाजसेवी ज्ञवालीको पहलमा बिद्यालयमा बिगतदेखि नै सहयोगी सामग्रीको उपलब्धता रहँदै आएको उनले बताइन् ।

समाजसेवी ज्ञवालीको पहलमा यसै बिद्यालयमा यसअघि पनि बिद्यार्थी र अभिभावकका लागि पाठ्य तथा राहत सामग्री बितरण गरिएको थियो ।

कार्यक्रममा समाजसेवी मुक्तार अहमद खान, बलराम घिमिरे, गंगाधर आचार्य, शिवशंकर कान्दु, सुजाता सुवाल, माया गिरी, शारदा अर्याल, राजन खड्का, बिद्यालय ब्यवस्थापन समिती अध्यक्ष, सदस्यहरु, लगायतको उपस्थिती रहेको थियो । प्रधानाध्यापक खनालको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन इन्दिरा देवकोटाले गर्नुभएको थियो ।


प्रकाशित : २०८१ फाल्गुन १५, बिहीबार १९:१४

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

मनिषा खनालको अभिनयमा ‘ए म त परदेशी’ सार्वजनिक, दसैँमा घर सम्झिने परदेशी नेपालीको भावनात्मक कथा (भिडियोसहित)

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुलाई ‘उत्कृष्ट जिल्ला नेतृत्व–२०८३’ बाट सम्मान

प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech