


प्रकाशित : २०८३ आश्विन १८, आईतवार १२:३८
रुपन्देही । तिलोत्तमा नगरपालिका–१७ दरखसवाबाट १० वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा प्रहरीले एक युवकलाई गोली हानेर नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा तिलोत्तमा–१७ दरखसवाका २७ वर्षीय विशाल भनिने युवराज थारु रहेका छन्। उनलाई शनिबार राति धानखेतमा लुकेर बसेको अवस्थामा नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि प्रतिकार गर्दै भाग्न खोजेपछि प्रहरीले एक राउन्ड गोली चलाएको जनाएको छ। गोली लागेर खुट्टामा घाइते भएका थारुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार थारुले गत बुधबार राति घरमै सुतिरहेकी बालिकालाई अपहरण गरेका थिए। करिब ४० घण्टापछि शुक्रबार साँझ तिलोत्तमा–१० कान्छीबजार नजिकैको जंगलबाट बालिकाको सकुशल उद्धार गरिएको थियो।
बालिकाको उद्धारपछि प्रहरीले आरोपित थारुको खोजी तीव्र बनाएको थियो। खोजीका क्रममा करिब १५० प्रहरी परिचालन गरिएको र शनिबार राति उनलाई धानखेतमा फेला पारिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।




















लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित
लुम्बिनी दर्पण अनलाइन
बाणगंगा न.पा. ४, कपिलवस्तु
सम्पर्क नं. ९८५७०५२२८४, ९८४७०४०९९६, ९८५७०५१०६६,
९८६७८३६४१८
कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही
सम्पर्क नं. ९८४७१२५७३७
अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल
© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy
Powered by: ProTech
