थानेश्वर अधिकारी, २६ चैत २०७६ , कपिलवस्तु ।,
राष्ट्रिय संगीतकर्मी संघ द्धारा कोरोना भाइरस ( कोभिड –१९) को कारण देश लक डाउनको अवस्थामा रहेको बेला दैनिक काम गर्न नपाएका कारण दुःख र समस्यामा परेका कलाकारहरुलाई खाद्यान्न लगायतका सामग्री बितरण गर्दे आहतमा राहत दिन काम गरेको छ ।
यसै सन्दर्भमा आज राष्ट्रिय संगीतकर्मी संघले बिपदमा परेका कलाकार र कलाकारका परिवारमा राहत बितरण गर्ने क्रममा कौशलटार, नयाँबस्ती, जोरपाटी, थली नयाँ पाटी, गोठाटार, बानेश्वर गरी करिब तीन दर्जन कलाकर्मी र बिपन्न बर्गमा राहत बितरण गरेको उपाध्यक्ष अमृत खातीले जानकारी दिएका छन् । राहत पाउनेहरुमा राज सुनुवार, पुनम उप्रेती, सुस्मिता खड्रका, इरानी भान, पासाङ शेर्पा, नानु थिङ, विवेक के.सी., अनिसा मगर, गीता दाहाल, हिरा माया तामाङ ,शर्मिला योजन,पेमा लामा, हरि बस्नेत,सविन रोकाया, सन्देश बोगटी , इश्वर थापा लगायत रहेको संगीतकर्मी संघका अध्यक्ष राजेन्द्र कुमार कार्कीले जानकारी दिए ।
आजको सो राहत वितरणमा संस्थाका अध्यक्ष राजेन्द्रकुमार कार्की, महिला उपाध्यक्ष उमा श्रेष्ठ, उपाध्यक्ष अमृत खाती ,सुमी श्रेष्ठ लगायतका कलाकारहरुको उपस्थित रहेको थियो । सो राहतको ब्यबस्थापन राष्ट्रिय संगीतकर्मी संघ ,मानबीय आस्था समुह , राजेन्द्र फास्ट फुड एसोसिएनका महासचिव तथा सस्थाका आजिबन सदस्य होमराज श्रेष्ठले गरेका थिए ।


















