
आयुप पौडेल, कपिलवस्तु
न्यू होराइजन कलेज, होराइजन गौतमबुद्ध मा.वि ड्राइभरटोल रूपन्देहीमा शैक्षिक शत्र २०८०/८१ का लागि कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई साउन १९ गते स्वागत कार्यक्रमको आयोजना गरिएको छ । विगत बर्षमा जस्तै कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूको आयोजना तथा संस्थाको संयोजनमा स्वागत कार्यक्रमको आयोजना गरिएको संस्थाका प्राचार्य गोपाल प्रसाद आचार्यले बताउनुभयो ।
साउन ११ गतेदेखि कक्षा सञ्चालन गर्ने तयारी गरेको होराइजन गौतमबुद्ध मा. वि ड्राइभरटोलमा विज्ञान तथा ब्यबस्थापन संकायमा ६ सय ७६ जना विद्यार्थीहरू भर्ना भएको सहायक क्याम्पस प्रमुख इन्द्र भुसालले बताउनुभयो ।
ए.सी.सहितको कक्षाकोठा, ल्याबको उचित ब्यवस्थापन गरिएको यस कलेजमा विभिन्न जिल्लाबाट एस.ई.ई.परीक्षामा जि.पि.ए. ४ सहित उतीर्ण विद्यार्थीहरू भर्ना भएका छन् ।
क्लेजका प्राध्यापक नारायण प्रसाद पन्थले विद्यार्थीहरूलाई कला, साहित्य प्रती रूचि जगाउनको लागि ११ कक्षामा भर्ना भएका विद्यार्थीलाई गरिने स्वागत कार्यक्रममा प्रसिद्ध गायक तथा सर्जक प्रकाश सपूत आउने समेत बताउनुभयो । उहाँले लोकप्रिय गायक तथा सर्जक सपुतको सांगतिकि प्रस्तुतीसंगै विद्यार्थीहरुलाई स्वागत कार्यक्रमको आयोजना गरिएको लुम्बिनी दर्पणलाई बताउनुभयो ।

