राष्ट्रिय संगीतकर्मी संघ पाल्पाको अध्यक्षमा सुमन थापा चयन

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

थानेश्वर अधिकारी । कलाकारहरुको साझा संस्था राष्ट्रिय संगीतकर्मी संघ, पाल्पाको दोस्रो अधिबेशन साहारा कला केन्द्र तानसेन पाल्पाको सभाहलमा सप्पन्न भएको छ । आज अधिवेशनबाट सुमन थापाको अध्यक्षतामा १९ सदस्सिय नयाँ कार्य समिति चयन गरिएको छ ।

जसको बरिस्ठ उपाध्यक्षमा खेमराज पाण्डे,प्रथम उपाध्यक्ष रजक श्रेष्ठ , महिला उपाध्यक्षमा पुष्पा थारु द्धितिय उपाध्यक्षमा निविना घर्तिमगर सचिवमा,कमल गाहा, सह सचिवमा एलिना रखाल कोषाध्यक्षमा नारयण बस्याल ,सह कोषाध्यक्षमा पोलिसा थापा रहेका छन् भने सदस्यहरुमा कविता दर्लामी,बद्रिमाया बाह्रघरे,कमला सिंजाली,रोम बि.सी.,सकुन्तला राना,श्रवण सुनार,खुमन न्यौपाने,निशान्त श्रीस,शर्मिला घर्ति मगर,मनिसा पुनः मगर रहेकी छन् भन् बाँकी सदस्य पछि मनोनित गर्ने अध्यक्ष थापाले बताए ।

कार्यक्रममा प्रमुख अतिथि तथा राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय सदस्य कृष्ण रानाभाटले संस्थाको उद्देश्य महत्व र कार्य समितिको काम, कर्तव्य र अधिकारका बारेमा बोलेका थिए ।


प्रकाशित : २०८० कार्तिक २३, बिहीबार २०:३१