ताजा अपडेट

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

बितेका दिन, बाँचेका अनुभूति

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

गुल्मीका करिब १० हजार खरका छानामा जस्तापाता

Lumbini Darpan 2 २०८१ श्रावण २४, बिहीबार १९:५६
[sharethis-inline-buttons]

लुदस, गुल्मी
दुई नगरपालिका र १० गाउँपालिका गरी कुल १२ स्थानीय तह रहेको गुल्मीमा खरका छाना विस्थापित कार्यक्रमबाट नौ हजार ८५९ घरहरूमा जस्तापाता लगाइएको छ। नागरिकहरुलाई आगलागी र मनसुनजन्य विपदबाट बचाई सुरक्षित आवास निर्माणका लागि नौ हजार ८५९ घरहरुमा खरका छानाहरू विस्थापित गरी जस्तापाता लगाइएको स्थानीय तहको तथ्यांकमा उल्लेख छ।

मुसिकोट नगरपालिका गुल्मीमा एक हजार दुई सय खरका छाना भएका घरहरुमध्ये एक हजार ५८ घरहरुमा जस्तापाता लगाएको नगरपालिकाले जनाएको छ। बाँकी १४२ घरहरुमा पनि जस्तापाता लगाउने कार्य अन्तिम चरणमा पुगेको र हालसम्म करिब पाँच करोड खर्च भएको सूचना प्रविधि अधिकृत समुन्द्र विक्रम रायमाझीले जानकारी दिए।

यस्तै, रेसुङगा नगरपालिका गुल्मीमा कुल सात सय घरधुरी खरका छाना रहेकोमा सबै घरधुरीमा जस्ता पाता लगाइ सकिएको नगरपालिकाले जनाएको छ।

सबै घरधुरीहरुमा जस्तापाता लगाइसकिएकाले अब खरका छानामुक्त नगर घोषणको तयारीमा रहेको नगर प्रमुख खिलध्वज पन्थीले जानकारी दिए। जसका लागि एक करोड रुपियाँ बढी खर्च भइसकेको नगरपालिकाले जनाएको छ।

रुरुक्षेत्र गाउँपालिका आठ सय घरहरु खरका छाना भएकोमा सात सय घरहरुमा जस्तापाता लगाइसकेको र बाँकी एक सय घरहरुमा जस्ता पाता लगाउने कार्य बाँकी रहेको गाउापालिकाले जनाएको छ। यसै आर्थिक वर्षमा पालिकालाई खरका छानामुक्त घोषण गर्ने तयारीमा रहेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए।

चन्द्रकोटमा गाउँपालिकामा भने कुल एक हजार तीन घरहरु खरका छाना भएकोमा सात ९०२ घरहरुमा जस्तापाताहरु लगाइएको र बाँकी १०१ घरहरुमा जस्तापाता लगाउने अभियान जारी रहेको सूचना अधिकारी शिबप्रसाद ज्ञवालीले जानकारी दिए। यसै आर्थक वर्षमा खरका छानामुक्त गाउँपालिका घोषण गर्ने गरी पालिकाले तयारी गरेको उनको भनाइ छ।

यस्तै, इश्मा गाउँपालिकामा ६०५ खरका छाना भएका घरहरु जस्ता पाता लगाइएको गाउँपालिकालाई खरका छाना मुक्त गाउँपालिका घोषणको तयारीमा रहेको गाउँपालिका अध्यक्ष भगतसिंह खडकाले जानकारी दिए। जसका लागि झण्डै दुई करोड बढी खर्च भएको गाउँपालिकाले जनाएको छ।

मालिका गाउँपालिकामा एक हजार ४८६ घरहरु खरका छानाहरुमा जस्ता पाता लगाइएको र खरका छानामुक्त गाउँपालिका घोषण गर्ने प्रक्रियामा रहेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकालाई खरका छानामुक्त गाउँपालिका घोषण गर्ने अभियानमा करिब तीन करोड ६५ लाख खर्च भएको गाउँपालिकाले जनाएको छ।

यस्तै, गुल्मीदरबार गाउँपालिकामा ६४० घरहरु खरका छाना भएकोमा ५८० घरहरुमा जस्तापाता लगाएको र बाँकी ६० घरहरुमा जस्तापाता लगाउने कार्य यस आर्थिक बर्षमा सम्पन्न हुने सूचना अधिकारी नवराज भण्डारीले जानकारी दिए। जसका लागि करिब एक करोड ५० लाख बढी खर्च भएको गाउँपालिकाले जनाएको छ।

कालीगण्डकी गाउँपालिकामा कुल दुई हजार दुई सय घरधुरी खरका छाना भएकोमा एक हजार खरका छाना विस्थापित गरी सकेको पालिका अध्यक्ष वेदबहादुर थापाले जानकारी दिए। बाँकी एक हजार दुइ सय घुधुरीहरुलाई पनि विस्तारै विस्थापित गर्दै लैजाने उनको भनाइ छ।

सत्यवती गाउँपालिकामा ८६६ घरहरु खरका छाना भएकोमा ७१७ घरधुरीमा जस्तापाता लगाइएको छ। बाँकी १४९ घरहरुमा जस्तापाता लगाउन बाँकी रहेको र यस आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएको पालिका अध्यक्ष टिकाराम पाण्डेले जानकारी दिए।

छत्रकोट गाउँपालिकामा १६० घर खरका छाना भएकोमा १३० मा जस्तापाता लगाइ सकिएको छ। बाँकी ३० घरधुरीमा जस्तापाता लगाउन बाँकी रहेको प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले जानकारी दिए। आर्थिक वर्ष २०७५।०७६ मा १६० घर छनोट भएकाले पछिल्लो समयमा त्यो संख्या वढन सक्ने उनको भनाइ छ।

धुर्कोट र मदाने खरका छानामुक्त गाउँपालिका घोषणा

धुर्कोट र मदाने गाउँपालिका खरका छानामुक्त गाउँपालिका घोषण भएका छन्। धुर्कोट गाउँपालिकाले गाउँपालिका भित्र रहेका एक हजार २४५ घर धुरीहरुमा जस्तापाता लगाई खरका छाना मुक्त गाउँपालिका घोषण गरिएको गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए।

आफू निर्वाचित भएर पदभार ग्रहण गर्दा खरका छाना मुक्त गाउँपालिका घोषणा गर्ने पहिलो निर्णय सार्थक भएको पोखरेलले बताए।

खरका छाना मुक्त गाउँपालिका घोषण भएसंगै आगलागीका घटनामा कमी आउने र मनसुन जन्य क्षतीबाट बच्न सकिने गाउँपालिकाले दाबी गरेको छ।

धुर्कोट गाउँपालिकालाई खरका छानामुक्त गाउँपालिका घोषण गर्नका लागि कुल १९ करोड,२९ लाख ९४ हजार,११९ रुपियाँ लगानी भएको गाउँपालिकाले जनाएको छ।

जसअन्र्तगत जस्तापाताका लागि एक करोड ८१ लाख ९२ हजार २८७,नागरिक सुरक्षित आवासका लागि ७८ लाख ५० हजार,जनता आवासका लागि एक करोड २४ लाख ५१ हजार ८३२, एकिकृत नमुना बस्तीका लागि एक करोड ६२ लाख, भूकम्प पछिको पुन निर्माणमा १३ करोड ८३ लाख खर्च भएको पोखरेलले जानकारी दिए।

मदाने गाउँपालिकाका ७३६ घरहरु खरका छाना भएकोमा सबै घरहरुमा जस्तापाता लगाई गाउँपालिकालाई २०७८ साल फागुन २६ गते खरका छानामुक्त घोषण गरिएको प्रमुख प्रशासकीय अधिकृत शालीग्राम पन्थीले जानकारी दिए।


प्रकाशित : २०८१ श्रावण २४, बिहीबार १९:५६

Lumbini Darpan 2

लेखकबाट थप

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान
  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत
  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
प्रतिक्रिया

यो पनि पढौँ

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

‘मन भक्कानिए पनि बिलौना गर्ने अवस्था छैन’ : प्रधानमन्त्री शाह

बाणगङ्गाले बाढीपीडितका लागि ४५ लाख सहयोग गर्ने

विदेशमा १४ वर्ष पसिना, घर फर्किएपछि आफ्नै माटोमा ‘दियालो’ बाल्दै कमल

भोटेकोशी बाढीको पीडा गीतमा : दिनेश रञ्जनको ‘रसुवाको घटना’ सार्वजनिक

थकाली खानाको स्वाद अब जितपुरमै, खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’

आज गाईजात्रा पर्व मनाइँदै

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

भर्खरै

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति

  • प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech