भैरहवा, २४ वैशाख ।
भैरहवास्थित भीम अस्पतालले हाल भर्ना भएका विरामीहरुलाई अक्सिजन पुर्याउन सकिने अवस्था नरहेको जनाएको छ ।
हालको विद्यमान कोभिड–१९ को महामारीमा बिरामीहरुको अत्याधिक चापका कारण अक्सिजनको सप्लाइ अपुग भएको अस्पतालका सूचना अधिकारी डा। नारायण पोखरेलले बताए । हाल अस्पतालमा ६७ जना कोरोना संक्रमित विरामी भर्ना भइ उपचाररत रहेको डा। पोखरेलले जानकारी दिए ।
अक्सिजन पुर्याउन सकिने अवस्था नरहेकोले सोही अनुसार व्यवस्थापन गर्न अस्पतालले शुक्रबार सूचनामार्फत जानकारी गराएको छ ।



















