साउन २३
परिचित बचत तथा ऋण सहकारी संस्था लि तिलोत्तमा १२ प्रगतिनगरको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान जिवन दान भन्ने मुल नाराका साथ सस्थाले १४ औ पटक रक्तदान कार्यक्रम आयोजना गरेकोे हो ।
कार्यक्रमा बोल्दै तिलोत्तमा वडा न ११ का वडा सदस्य लक्ष्मी गजमेर बिस्वकर्माले रक्तदान मन्दिर गएर गरिने दान भन्दा ठुलो दान भएको बताउनु भयो । रक्त संचार केन्द्र भैरहवाका हरि सापकोटाले परिचित सहकारीले नियमीत रुपमा रक्तदान कार्यक्रम आयोजना गरिरहेको भन्दै यो सामाजिक कार्यका लागी धन्यबाद दिनु भयो । कार्यक्रममा सहकारीका सचिव रामु कुवर, ब्यबस्थापक मेनुका थापा क्षेत्री लगायतले रक्तदानको महत्वको बारेमा आफ्ना भनाइ राख्नु भएको थियो । संस्थाका अध्यक्ष चित्र बोहोराको अध्यक्षतामा भएको कार्यक्रममा ४५ जनाले रक्तदान गर्नु भएको थियो ।रक्त संचार केन्द्र भैरहवाको प्रबिधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।



















