काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुधबार तय गरिएको बन्द सत्र अचानक आएको हावाहुरीसहितको भारी वर्षाका कारण प्रभावित भएको छ।
खुलामञ्चमा आयोजना गरिएको बन्द सत्रमा सहभागी हुन महाधिवेशन प्रतिनिधिहरूलाई मौसम प्रतिकूल भएपछि कठिनाइ भएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्। यसअघि बिहान साढे १० बजे सुरु गर्ने भनिएको सत्र वर्षाका कारण केही ढिलाइ हुने भएको हो।
बन्द सत्रमा सभापति गगनकुमार थापाको राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको संगठनसम्बन्धी प्रतिवेदन तथा कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथिको छलफल टुंग्याएर पारित गर्ने कार्यसूची रहेको छ।
कांग्रेसले वर्षा रोकिएपछि बाँकी छलफल अघि बढाउँदै प्रस्ताव तथा प्रतिवेदन पारित गर्ने तयारी गरेको छ। बन्द सत्रपछि नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढ्नेछ




















