ताजा अपडेट

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

बितेका दिन, बाँचेका अनुभूति

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कोरोना सन्त्रास र साबधानी

लुम्बिनी दर्पण २०७७ जेष्ठ १, बिहीबार ०५:१४
[sharethis-inline-buttons]

(प्रा. डा. एम. एल. शर्मा) ।

हरेक देशको समुन्नति र विकास त्यस देशले लागू गरेका योजना र तिनको कार्यान्वयनसँग सम्बन्धित हुन्छ । देश, जनता र सामाजिक वस्तुस्थितिका बारेमा गरिने गहिरो अध्ययन तथा अनुसन्धानले नै उक्त देशको दिगो विकासको रूपरेखालाई सम्बोधन गर्न सक्दछ । यतिबेला भने सारा विश्व नै कोरोना भाइरसको महामारीबाट आतङ्कित बनेको छ । नेपाल पनि यसबाट अछुतो रहन सक्ने थिएन र छैन । नेपालमा भइरहेको कोरोना संक्रमणको गति अन्य देशको दाँजोमा मन्द देखिए तापनि यसले पार्ने प्रभावलाई हामीले कुनै न कुनै रुपमा बेहोर्नु परिराखेको छ । कोरोना संक्रमणका कारण हाम्रा आगामी दिनहरु झन् चुनौैतीपूर्ण हुने कुरामा कुनै शंका छैन ।

कोरोना संक्रमण र त्यसको त्रासबाट आम जनतालाई आर्थिक, सामाजिक तथा मनोसामाजिक हिसाबले जोगाउँदै हाम्रो अर्थतन्त्रलाई कसरी बचाएर जान सकिन्छ भन्ने विषयमा यति बेला सारा राष्ट्रको ध्यान केन्द्रित हुन आवश्यक छ । त्यसो भए पनि विषयको गम्भीरतालाई बुझ्न नसकेर हो वा के हो, धन्नै धन्नै धमिल्याउन खोजिएको यस्तो जटिल समयको राजनीति धमिलिन पाएन । अब सबै मिलेर आजको गम्भीर परिस्थितिको आकलन गरेर राष्ट्र र जनतालाई बचाउन र भावी योजनाका बारेमा गहन विचार विमर्शका साथ अघि बढ्नुपर्ने देखिन्छ । हरेक समाजमा भयावह स्थिति वा भवितव्य प्रायः आकस्मिक रूपमा नै आइपर्छ । हाम्रो देशमा यस्ता परिस्थितिहरुको कल्पनासम्म पनि गर्ने गरिएको थिएन भनेर पार पाइनेवाला छैन । हुन त मान्छे जुन ठाउँमा बसेको छ र त्यही तहको वस्तुगत परिस्थिति भोगिरहेको हुन्छ, र विचारहरु पनि त्यसरी नै संश्लेषित हुँदै जान्छन् । यो वा त्यो कुनै पनि बहानामा हामी समस्याबाट भाग्न सक्दैनौँ, कुनै निहुँमा उम्किन सक्दैनौँ । त्यसैले हामीले फरक र व्यापक दृष्टिकोण अँगालेर अघि बढ्नु वाञ्छनीय छ ।

हाम्रो देशमा उत्पादन कार्य र उत्पादनकर्मीहरुले प्राथमिकता र सम्मान खासै प्राप्त गरेको पाइँदैन। अर्थात उत्पादन कार्यमा आफ्नो इमान र श्रम खर्चिनेहरुलाई प्रश्रय दिने गरेको संस्कार प्रायः छैन भन्दा अत्युक्ति नहोला । अहिलेसम्म पनि नेपालमा राजनीतिलाई अपवादले बाहेक सेवाभावयुक्त राज्य सञ्चालनको नीतिका रुपमा नलिएर कमाइ खाने पेसाका रुपमा अवलम्वन गरिएको देखिन्छ । हामीले सार्वजनिक खपतको लागि मात्र नबोली वास्तविक धरातलमा उभिएर जनताको पक्षमा नीति निर्माण गर्नु आवश्यक छ । अहिले विश्व महामारीको रुपमा देखिएको कोरोना त्रासबाट मुक्ति पाइ त्राण धान्ने खालको उपायहरुका अवलम्वन आवश्यक छ ।

अहिले नेपालमा लकडाउन अर्थात बन्दाबन्दी अवस्थाबाट गुज्रिएको छ । अब यसरी बन्दाबन्दीको चरण बढाउँदै जाँदा देशको अर्थतन्त्र पनि धराशायी हुनेतिर जाला भन्ने खतरा देखिन्छ । लामो र डल्लो पार्ने खालको बन्दाबन्दी कोरोना भन्दा पनि झन खतरनाक हुने हो कि भन्ने त्रास पैदा हुनु पनि स्वाभाविक छ । लामो समय बन्दाबन्दीको अवस्थामा रहँदा व्यक्तिको उत्पादकत्व माथिको क्षमतामा पनि ह्रास आउन सक्ने र यसले मनोसामाजिक विकारहरुको पनि बढोत्तरी गर्ला भन्ने आशंका गर्न सकिन्छ । हाललाई कृषि र निर्माणको क्षेत्रमा नियन्त्रित खुकुलोपनको नीति अपनाएर अगाडि बढ्नुपर्ने विषयमा विचार गर्न जरुरी छ । यस बेला एउटा पालिका वा वडाबाट अर्को पालिका वा वडामा विशेष अवस्थामा बाहेक जान नपर्ने गरी स्थानीय सरकारबाट व्यवस्था र नियमन गर्न आवश्यक देखिन्छ । हामीले सकेसम्म सामाजिक रुपमा गरिने कार्यलाई पूर्णत नियन्त्रित गर्दै भौतिक दुरी कायम गर्न आवश्यक देखिन्छ । कोरोना संक्रमणका विरुद्धको लडाइँमा आन्तरिक व्यवस्थालाई सुदृढ पार्नु आवश्यक छ ।

हाम्रो देशमा उद्योग धन्दा, कलकारखानाहरु छैनन् भन्दा हुन्छ । जे जति छन् ती पनि रुग्ण र बन्दप्रायः छन् । धेरै त यसभन्दा पहिले नै बेचेर सकिइसकेका छन् । ती उद्योगहरु भएका ठाउँहरुमा भूमाफिया र दलालहरुले खण्डीकरण गर्दै अव्यवस्थित रुपमा घडेरी बनाइरहेका छन् । यसले एकातिर कृषियोग्य भूमि बाँझो बनिरहेको र ऊर्जावान् यूवाहरु वैदेशिक रोजगारीमा न्यून श्रममूल्यमा काम गर्न जान बाध्य पारिएको देखिन्छ । हाम्रो राष्ट्रिय आम्दानीको करिब एक चौथाई भाग विप्रेषणबाट प्राप्त हुने अवस्था रहेकोमा त्यसमा विराम लाग्न जाने खतरा सन्निकट रहेको आभाष हुन थालेको छ । वैदेशिक रोजगारीमा गएका र स्वदेश फिर्ता हुन चाहने सबैलाई भित्रयाउन आवश्यक छ ।

कोरोना संक्रमणको यो त्रासद अवस्थामा स्वास्थ्य सम्बन्धी सबै मापदण्ड पुरा गरेर मात्र उनीहरुलाई आ–आफ्नो गन्तव्यसम्म पुर्याउनु नै समाज र सरकारका सामु चुनौतीको पहाड बनेर उभिएको देखिन्छ । विदेशबाट आएका र आउने अवस्थामा रहेका नागरिकहरु स्वदेशमै केही गर्नुपर्ने रहेछ भन्ने उत्प्रेरणाका साथ आउने हुँदा ती देशविकासको लागि चाहिने समर्पित मानवस्रोत हुने कुरामा शंका छैन । सरकारले उनीहरुलाई बाँझो जमिनमा कृषिकार्य गर्न र कृषि उत्पादनलाई बजार व्यवस्थापन गर्न सक्ने हो भने यो एक अवसर पनि हुन सक्ने छ । वर्तमानमा पनि स्वदेशमा उत्पादित फलफूल र तरकारीलाई बजारसम्म ल्याई पु¥याउने व्यवस्था गर्न अति आवश्यक छ । यस कार्यमा केही प्रगति भइरहेको भए तापनि यसलाई अविलम्व सम्बोधन गनुपर्ने मुख्य ध्येय बनाउन सकियो भने सिमा पारिबाट आउने कृषि उत्पादनमा थोरै भए पनि लगाम लगाउन सकिन्छ ।

जति जति कोरोनाका बिरामीहरू बढ्दै गइरहेका छन् त्यति त्यति मुलुकमा खतराको बादल मडारिएको छ । रोगको संक्रमण रोक्न परीक्षणको दायरा बढाउँदै भौगोलिक सीमा तोकेर बन्दाबन्दीलाई प्रभावकारी बनाउनुपर्ने कुरामा विचार गर्नु आवश्यक छ । जीविकाको आधारका रूपमा रहेको हाम्रो कृषिकर्मलाई सुदृढ पार्दै राज्यले कृषि प्रणालीलाई उत्प्रेरित गर्ने खालको वातावरण सिर्जना गर्न विशेष ढङ्गले नीति बनाउनु आवश्यक छ ।

कोरोना कहरले गर्दा सबै खालका राजनीतिक, सामाजिक, सांस्कृतिक र खास गरी धार्मिक विचार र वादहरुलाई राम्ररी नै हल्लाउने कुरामा शंका छैन । कोरोनाबाट आतङ्कित बनेको यो सम्पूर्ण विश्व कसरी उठ्ने हो, देशहरुका आपसी समझदारीहरु कसरी अगाडि बढ्ने हुन्, यसतर्फ विचार मात्र गर्दा पनि खैलाबैला उत्पन्न हुने स्थिति देखिन्छ । तर यति हुँदाहुदै पनि हाम्रो जस्तो देशले यस्तो विषम परिस्थितिबाट आफुलाई जोगाउन विशेष ध्यान दिनु नै पर्दछ । यो सरकारले वा कुनै दल विशेषले मात्र गर्न सक्ने विषय नभएको हुँदा सबैको ध्यान यस तर्फ जानु आवश्यक छ । सरकारको मुख ताकेर मात्र हुँदैन, देशको अर्थतन्त्रलाई धराशायी बन्नबाट जोगाउन आआफ्नो स्थानबाट सबैले पहल गर्नैपर्छ ।

हामीलाई थाहा छ, यो भयावह परिस्थितिको सामना गर्न चीन, सिंगापुर, दक्षिण कोरियाजस्ता तुलनात्मक रुपमा अनुदार मानिएका दक्षिण पूर्वी केही एसियाली मुलुकहरु र छिमेकी देश भुटान सफल देखिएका छन् । यस संकटको समयमा राजनीतिक दलका नेतृत्वमा रहेका व्यक्तिहरुमध्ये कसले कसरी योगदान पु¥याए भन्ने कुरा आम कार्यकर्ता र जनताले मूल्याङ्खन गरि राखेका हुन्छन्, यो सबैलाई चेतना हुनु आवश्यक छ । आर्थिक र खाद्यान्न संकट हामी सबैले मिलेर पार गर्न सिकौँ । आफ्नै व्यवस्थापकीय तथा व्यक्तिगत कमजोरीका कारण हामीले सङ्कटका अघिल्तिर घुँडा टेक्नुपर्ने दिन नआओस् भन्ने कुरामा सदैव सावधान रहनैपर्छ ।

अहिलेको अवस्था विषमताले भरिएको छ तैपनि सधैभरि र लामो समयसम्म यसरी नै त काम चल्न सक्दैन । हाम्रा सरकारी कार्यालय र तिनका कर्मचारीहरुका साथै विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक तथा कर्मचारी र उद्योगी व्यवसायी सबैलाई बन्दाबन्दीको नियन्त्रणभित्र केही खुकुलो हुने गरी सञ्चालनको क्रियाविधि ९मेकानिज्म० बनाउनु आवश्यक छ । विश्वविद्यालयमा पनि कतिपय आवश्यक कार्यहरु लामो समय सम्म ठप्प पारेर राख्न सकिँदैन ।

विद्यार्थीहरुलाई प्रविधि प्रयोग गरेर दूरशिक्षाबाट भए पनि पढाइमा मार्गदर्शन गर्ने कामको प्रयास भएकै छ तर त्यसलाई सफल बनाउनका लागि भने अझै निकै मिहिनेत गर्नुपर्ने छ । राज्य र यसका निकायहरु चलायमान हुनु र नियन्त्रणका सबै उपायहरु अवलम्वन गर्दै खास खास भौगोलिक सीमा कायम गरेर विस्तारै बन्दाबन्दी खोल्दै जानाले हाम्रो अहिलेको आवश्यकतालाई सङ्कटको बेलामा केही मात्र भए पनि सम्बोधन गर्न सकिन्छ कि

(प्रा डा.शर्मा त्रि.वि.प्राध्यापक संघ, विश्वविद्यालय क्याम्पसका सभापति तथा रसायनशास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हुनुहुन्छ ।)


प्रकाशित : २०७७ जेष्ठ १, बिहीबार ०५:१४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस
  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई
प्रतिक्रिया

यो पनि पढौँ

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

बितेका दिन, बाँचेका अनुभूति

भविष्यको खोजीमा मेरो यात्रा

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

जीवनका निर्णय

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

मन सफा छ, व्यवहार सरल छ

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

विद्यार्थी जीवन ( कविता)

कला, संघर्ष र समाज रुपान्तरणको पर्याय ः सिद्धार्थ नाट्यशाला

विद्यार्थी जीवन

मेरो लक्ष्य, उज्यालो भविष्य

भर्खरै

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति

  • प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech