रोट्रयाक क्लव बुद्धभूमीको उदाहरणिय काम, स्वास्थ्यकर्मीलाई पिपीई प्रदान

[sharethis-inline-buttons]

 
शिव खनाल कपिलवस्तु , जेठ ५
विभिन्न सामाजिक काममा अग्रसर रोट्रयाक क्लब अफ बुद्धभुमीले बुद्धभूमि क्याम्पसको क्वारेन्टाईनमा खटिने स्वास्थ्यकर्मीका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामगी्र (पिपीइ) प्रदान गरेको छ ।

क्लवका अध्यक्ष प्रदिप खनालले कोरोना विरुद्ध क्वारेन्टाईनमा खरिएकी एक स्वास्थ्यकर्मीलाई पिपीइ सेट हस्तान्तरण गरेका हुन् ।

अध्यक्ष प्रदिप खनालले विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) संकटका बेला प्रत्यक्ष जोखिम रहने स्वास्थ्यकर्मीले सचेततापूर्वक काम गर्न सुझाव दिएका छन । विपद्को समयमा आवश्यक साथ र सहयोगको लागि आफ्नो क्लब साथमा रहेको बताए ।


प्रकाशित : २०७७ जेष्ठ ५, सोमबार १०:२८