लुदअ,थानेश्वर अधिकारी ।
अहिले देशभर फैलिरहेको कोरोना भाइरस ( कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागी बैंक तथा बित्तिय संस्थाहरुले प्रत्यक्ष रुपमा सहयोग पुरयाउदै आइरहेका छन् । यसै सन्दर्भमा बुधबार धौलागिरी लघुबित्त बित्तीय संस्था शाखा कार्यालय दुर्गापुरले सियारी गाउँपालिका , हर्नेया रुपन्देहीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थापना गरेको विपद, राहत व्यवस्थापन कोषमा अक्षरुपी दश हजार बराबरको सहयोग रकम हस्तान्तरण गरेको छ ।
धौलागिरी लघुवित्त बित्तिय संस्था लिमिटेड शाखा कार्यालय दुर्गापुरकी शाखा प्रमुख दुर्गा थापा मगरले सो रकम सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारुलाई हस्तान्तरण गरेकी छन् ।
गण्डकी प्रदेशको बागलुङ्गमा केन्द्रिय कार्यालय रहेको राष्ट्रिय स्तरको मान्यता प्राप्त धौलागिरी लघुबित्त बित्तीय संस्थाका बिभिन्न जिल्लामा गरी छत्तिस वटा शाखा कार्यालय रहेका छन् ति सबै सबै शाखाबाट विपद् व्यवस्थापन कोषमा सहयोग रकम हस्तान्तरण गर्न केन्द्रको परिपत्र अनुसार सो रकम हस्तान्तरण गरेको शाखा प्रमुख मगरले बताइन । सहयोग हस्तान्तरण कार्यक्रममा दुर्गापुर शाखाका प्रशिक्षर्थी सहायक सरिता थारु र स्मृती पन्तको सहभागिता रहेको थियो ।