वाणगंगाका व्यवसायी पोखरेलद्वारा १ हजार बढि मास्क वितरण

[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, चैत ११
कोरोना भाइरस विश्वव्यापी रुपमा महामारी बनेपछि अहिले व्यक्तिगत र सामाजिक रुपमा एक अर्कालाई सहयोग गर्ने क्रम बढेको छ ।
यसैबीच कपिलवस्तुको बाणगंगाका एक युवा अमृत पोखरेलले भाइरसको संक्रमणबाट बच्न भन्दै आफ्नो व्यक्तिगत प्रयासमा १३ सय मास्क वितरण गरेका छन् ।

बाणगंगा नगरपालिका वडा नम्बर ८, बोडगाउमा जुत्ता पसल संचालन गरेर बसेका पोखरेलले बजारमा कालोबजारी भएर आम मानिसले मास्क नपाएपछि आफ्नै खर्चमा १३ सय मास्क वितरण गरेका हुन् ।

कालोबजारीका कारण बजारमा मास्क अभाव भएको र पाइएको मास्क पनि महँगो भएकोले आफुले सामाजिक कर्तव्य सम्झेर मास्क वितरण गरेको पोखरेलले खरीबोटलाई बताए । उनले आउदा दिनमा पनि आफुले यस्ता सामाजिक काममा लागिरहने बताए ।


प्रकाशित : २०७६ चैत्र ११, मंगलवार ०५:२५