
थानेश्वर अधिकारी,कपिलवस्तु ।
अहिले विश्व नै कोरना भाइरस (कोभिड १९)को महामारीका कारण आक्रान्त भनिरहेको बेला यस्को प्रत्यक्ष प्रभाव नेपालमा पनि परेको छ । नेपालमा रहेको चरम गरिवी तथा बेरोजगारीका कारण थुप्रै नेपालीहरु आफ्ना निजि संवेदना र दायित्वहरु बन्धक राखेर बिदेशी भुमीमा आफ्ना रगत, पसिना बगाउन बाध्य भएका छन् ।
अहिले बिश्व संकटका रुपमा देखा परेको कोभिड १९ कारण उद्योगधन्दा, कलकारखाना लगायतका व्यवसाय बन्द हुँदा नेपालीहरु अलपत्रमा परेको अवस्थामा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका निवर्तमान केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश संयोजक चर्चित गायक तारापती सुवेदीले समयको माग र युगको चाहना अनुसार प्रवासीलाई स्वदेश फर्काइदेउ बोलको लाइभ गीत सार्वजनिक गरेका छन् ।
पुर्ण भद्र अधिकारीको शब्दले सृजित सो गीतमा गायकले कोरोना भाइसरको महामारीले विश्व समुदायलाई भयभित तुल्याइरहेको अवस्थामा सिमाना तथा बिदेशमा अलपत्र परेका नेपाली दाजु भाई दिदि बहिनीहरुलाई नेपाल ल्याउने बाताबरण मिलाउन नेपाल सरकारलाई अनुरोध गरेका छन् । थुपै गीत गाएर श्रोता र दर्शकको मन जित्न खप्पिस सुवेदीले देश काल परिस्थिति अनुसारका गित मार्फत जनतालाई सुशुचित गर्ने काममा अब्वल मान्छिन् ।
सर्जकको शब्द चयन र गायकको गीतमा उतार्ने शैली अत्यन्त उत्कृष्ठ भएका कारण गीत अत्यन्त सान्दर्भिक र सबैको मन मस्तिष्कमा बस्न सफल भएको छ ।
भिडियो सहित

