
लुदअ कपिलवस्तु, १६ जेठ
कपिलवस्तु जिल्लाका थप ४ जनाले कोरोना जित्न सफल भएका छन् यो संगै कूल १५ जनाले कोरोनाको सङ्क्रमण जितेका छन् । विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत उनीहरु कोरोनामुक्त भएर ‘डिस्चार्ज’ भएको जिल्ला स्वास्थ कार्यालय कपिलवस्तुले जनाएको छ। स्वास्थ्य कार्यालयका अनुसार आज थप ४ जना कोरोना संक्रमण मुक्त भएका हुन् ।
संक्रमण मुक्त हुनेमा कृष्णनगर नगरपालिकाका ३ जना र शिवराज नगरपालिकाका १ जना रहेका छन् भने उनीहरुको कोरोना विषेश अस्पताल दाङमा उपचार भएको थियो ।