थानेश्वर अधिकारी,कपिलवस्तु ।
सहयोगी बनी सबैको माझ, झल्किन मन लाग्यो ।
कोरोना सँग लड्दैछौ हामी, बहकिन मन लाग्यो ।।
लक्ष्य त थियो गाउँ समाज अनि देश बदल्ने ।
ज्यानै आफ्नो जोखिममा पर्दा, रोकिन मन लाग्यो ।।
हतियार बिना लडाइ लड्दा, कमजोर पर्यो ज्यान ।
ज्यानैको बाजी थापिनु पर्दा, तड्पिन मन लाग्यो ।।
मनको इच्छा, चाहना सोंच घरैमा त्यागेर ।
साथ छोडी अपजस पाउँदा, झोक्किन मन लाग्यो ।।
सेवा नै ठुलो धर्म हो भन्छन् मर्नु छ एकदिन ।
सान्त्वना दिदै पिडितसँग, पोखिन मन लाग्यो ।।