लकडाउनमा बैंक भने खुला रहने

[sharethis-inline-buttons]

लुदअ ११ चैत, काठमाडौं
सरकारले मंगलबारबाट एक हप्ताका लागि लगाएको लकडाउनमा पनि बैंक तथा वित्तीय संस्थाहरुले सेवा भने दिने भएका छन् । बैंकहरुलाई निश्चित शाखा तोकेर सेवा नियमित गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिने तयारी गरेको छ ।
खाद्यान्न, औषधी लगायतका सामाग्री खुल रहेका र ती वस्तुहरु खरिद गर्न रकम चाहिने भएकाले बैंकहरुलाई सेवा दिइरहन निर्देशन दिने तयारी गरिएको राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख देवकुमार ढकालले जानकारी दिए ।

उनले अत्यावश्यक सामाग्री खरिद गर्न सर्वसाधारणलाई अप्ठेरो नपरोस् भन्ने हिसाबले बैंकहरुले सेवा दिने बताए । तर सबै शाखा कार्यालयहरु भने खुला नहुने उनले बताए । उनका अनुसार नगद कारोबारको मात्रै बैंकले सेवा दिनेछन् ।

कुन कुन शाखा कार्यालयबाट, कति बजेदेखि कति बजेसम्म सेवा दिने भन्ने विषय बैंक आफैले निर्णय गर्ने र सम्बन्धी जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा शाखा खोल्नुपर्ने बताए ।


प्रकाशित : २०७६ चैत्र ११, मंगलवार ०७:५३