
लुदअ कपिलवस्तु, २४ जेठ
कपिलवस्तुमा कोभिड १९ थप ४ जनामा पोजेटिभ पुष्टि भएको छ। यससंगै कपिलवस्तुमा संक्रमितको संख्या ४ सय ७९ पुगेको छ।
बुद्धभुमि नगरपालिका वडा नं ५ का १९ र २९ बर्षका २ जना पुरुष तथा वडा नं ६ का २३ र ३६ का २ जना पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
कपिलवस्तुको १० वटै स्थातीय तहमा हेर्ने हो भने यशोधरा गाउँपालिका कोरोनाको उच्च जोखिममा रहेको छ। सो गाउँपालिकामा शुक्रबार मात्रै २९ जना नयाँ कोरोना संक्रमित भेटिएका थिए। यो सँगै यशोधरामा मात्रै १३५ जना संक्रमित रहेका छन्। जसमा ७ जना कोरोना जितेर घर फर्कि सके भने १२८ जना उपचाररत छन् ।
त्यस्तै, बुद्धभुमि नगरपालिकामा आज विहान ४ जना पुष्टि भएसँगै बुद्धभुमि नगरपालिकामा २९ जना पुगेका छन् भने ३ जना कोरोना जितेर घर फर्किसकेका छन् ।
कपिलवस्तु नगरपालिकामा २९ जना, बाणगंगामा २२, शिवराजमा ४८, कृष्णनगरमा ५२, महाराजगंजमा ६५, मायादेवीमा ५३, शुद्धोधनमा ३० र विजयनगरमा १६ जना संक्रमित रहेका जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए।
उनका अनुसार अहिलेसम्म ३२ जना कोरोनाबाबट निको भई घर फर्किसकेका छन् ।

